तुलसीपुर २ का किशोर किशोरीहरूलाई ३ दिने क्षमता अभिवृद्धि तालिम

सागर सुबेदी / पौष १४
दाङको तुलसीपुर उपमहानगर पालिका वडा नं २ का किशोर किशोरीहरूलाई ३ दिने शारिरिक, मानसिक र सामाजिक विकासको लागी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
तुलसी सामाजिक विकास केन्द्र दाङ र तुलसीपुर उपमहानगर पालिका वडा नं २ को कार्यालय को संयुक्त आयोजनामा ३ दिने क्षमता अभिवृद्धि तालिम को आयोजना गरिएको हो । किशोर किशोरी संग वडाअध्यक्ष कार्यक्रम अन्तर्गत वडाका विभिन्न सामुदायिक, संस्थागत तथा निजि विद्यालयमा अध्ययनरत तथा विभिन्न क्लबहरूको नेतृत्व गरिरहेका किशोर किशोरी तालिममा सहभागी थिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं २ का वडाअध्यक्ष भिम बहादुर योगी को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि योगीले अबको समाजलाई आधुनिक र सभ्य बनाउन बालबालिकामा लगानी गर्नु र उनीहरूलाई उचित आधुनिक शिक्षा प्रदान गर्नु महत्वपूर्ण बिषय रहेको बताउदै यस्ता तालिम आयोजना गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम हरू सन्चालन गर्ने बताउनुभएको हो ।
तालिम समापन कार्यक्रममा स्वागत मन्तव्य प्रशिक्षार्थी सुवोध शर्माले राख्नुभएको थियो । तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष ओद भहादुर भण्डारी ( गणेश ) को अध्यक्षतामा सम्पन्न कार्यक्रम को सहजीकरण प्रशिक्षार्थी दिपासा गिरीले गर्नुभएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत