राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

घाेराही, १५ माघ ।

राप्ती इञ्जिनियरिङ कलेज घोराहीमा   विशेष कार्यक्रमको आयोजना गरी कलेजका संस्थापक अध्यक्ष, पूर्व प्रिन्सिपल तथा हाल संचालक समिति अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीलाई सम्मान गरिएको छ ।

शिक्षा, विज्ञान, अनुसन्धान, नवप्रवद्र्धन तथा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासमा उहाँले पु¥याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै कलेजले सम्मान गरेको हो । डा. गिरीले प्राविधिक शिक्षा, सूचना प्रविधि, अनुसन्धान तथा शैक्षिक नेतृत्वका क्षेत्रमा दीर्घकालीन योगदान दिँदै आउनुभएको र उत्कृष्ट नेतृत्व क्षमताका कारण हालै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त सम्मानप्रति गर्व व्यक्त गर्दै कलेज परिवारले औपचारिक सम्मान कार्यक्रम आयोजना गरेको कलेज प्रशासनले जनाएको छ । प्रतिष्ठित शिक्षाविद्, अनुसन्धानकर्ता तथा नवप्रवर्तकका रूपमा परिचित डा. शैलेन्द्र गिरीले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक मञ्चमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा उल्लेख गरिएको थियो ।

उहाँले नेपाल सरकार, सामान्य प्रशासन मन्त्रालय अन्तर्गत कर्मचारी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका रूपमा कार्य गर्दा सार्वजनिक प्रशासन, सुशासन तथा सूचना प्रविधिको प्रयोगमार्फत राज्य संयन्त्र सुदृढीकरणमा योगदान पु¥याउनुभएको भन्दै वक्ताहरूले प्रशंसा गरे । कार्यक्रममा बोल्दै वक्ताहरूले डा. गिरीले विभिन्न शैक्षिक संस्थामा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाले नेपाल मात्र नभई एशियाली क्षेत्रमै शिक्षा, आइसीटी र सार्वजनिक प्रशासनको विकासमा सकारात्मक प्रभाव पारेको बताए । उहाँको अनुसन्धानमूलक सोच, नवप्रवर्तनप्रति प्रतिबद्धता र युवा पुस्तालाई सीपमुखी तथा व्यवहारिक शिक्षातर्फ प्रेरित गर्ने दृष्टिकोण अनुकरणीय रहेको उनीहरूको भनाइ थियो ।

कलेजको सभाहलमा आयोजना गरिएको कार्यक्रम खेल संयोजक विधान शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक डा. भिमसेन गिरी, वरिष्ठ पत्रकार शरद अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वक्ताहरूले डा. गिरीको नेतृत्वमा राप्ती इञ्जिनियरिङ कलेज प्राविधिक शिक्षाको भरोसायोग्य केन्द्रका रूपमा स्थापित हुँदै गएको बताउनुभएको थियो । कार्यक्रममा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा प्रदान गरिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि उत्कृष्ट पुरस्कार–२०२४ प्राप्त गर्न सफल भएको विषयलाई विशेष रूपमा स्मरण गरिएको थियो । साथै संयुक्त अरब इमिरेट्स (यूएई), जापान, अष्ट्रेलिया तथा बेलायतलगायत विभिन्न मुलुकबाट प्राप्त अन्तर्राष्ट्रिय पुरस्कारहरूले डा. गिरीको योगदानलाई विश्वस्तरमै पुष्टि गरेको धारणा व्यक्त गरिएको थियो ।

वक्ताहरूले यस्ता सम्मानले प्राविधिक शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई थप जिम्मेवार र प्रेरित बनाउने विश्वास व्यक्त गर्दै दाङ जस्तो जिल्ला केन्द्रित शैक्षिक संस्थाबाट अन्तर्राष्ट्रिय स्तरको पहिचान निर्माण हुनु गौरवको विषय भएको बताएका थिए । सम्मान ग्रहणपछि बोल्दै डा. शैलेन्द्र गिरीले आफूले पाएको सम्मान व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण कलेज परिवार, विद्यार्थी, शिक्षक तथा कर्मचारीको सामूहिक मेहनतको परिणाम भएको उल्लेख गर्नुभयो । उहाँले बदलिँदो प्रविधिको युगमा प्राविधिक शिक्षा बिना देशको विकास सम्भव नरहेको बताउँदै अनुसन्धान, नवप्रवर्तन र सीप विकासलाई शिक्षाको केन्द्रमा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान