तुलसीपुर ७, असार ।
तुलसीपुर नगर प्याब्सन समितिको आयोजनामा मावि र आधारभूत तहस्तरीय हिज्जे प्रतियोगिता गत शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा २३ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता थिए । प्रतियोगिता मावि र आधारभूत तहमा गरी दुई तहमा गरिएको हो ।
माध्यमिक तहतर्फ दाङ भ्याली माविका उत्सव साहु र नितिशा चौधरीले प्रथम स्थान हासिल गर्नुभयो । यस्तै गोर्खा इङ्लिस बोर्डिङ स्कुलका एरिक भण्डारी र सेबिका आचार्य दोस्रो हुनुभएको छ । यसैगरी तुलसी इङ्लिस बोर्डिङ स्कुलका पुष्पराज रावत र बेबी खुलाद खान तेस्रो हुनुभएको छ ।
सान्त्वना स्थान मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलका बिषखा भण्डारी र बिकास पोख्रेल तथा आदर्श इङ्लिस बोर्डिङ स्कुलका शिखा ओली र सुमन भण्डारीले प्राप्त गर्नुभयो ।
यस्तै आधारभूत तहतर्फ दिव्य कुञ्ज एकेडेमीका बिहानी शर्मा र बामदेव देवकोटाले पहिलो स्थान प्राप्त गर्नुभएको छ । यस्तै मेरिगोल्ड इङ्लिस स्कुलका अनुप केसी र जेस्मिन झाँक्री मगरले दोस्रो स्थान हासिल गर्नुभएको छ ।
संस्कार पाठशालाका निस्कर्ष खनाल र प्रथाना केसी तथा तुलसी बोर्डिङ स्कुलका कृष्ण ओली र निरुता दाहाल तेस्रो भएका छन् । यसैगरी शान्तिदीप इङ्लिस बोर्डिङ स्कुलका सज्जन शर्मा र देवा शाहले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
तुलसीपुर नगर प्याब्सनका अध्यक्ष डम्बर डागीको अध्यक्षता तथा तुलसीपुर –७ का वडा अध्यक्ष राम बहादुर जिसी प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । वडा अध्यक्ष जिसीले प्रतियोगिताले विद्यार्थीहरूमा भाषिक चेतना र आत्मविश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
प्याब्सनका सदस्य तथा प्रवक्ता शरद देवकोटाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्याब्सनका सह–सचिव डम्बर बस्नेतले गर्नुभएको हो ।









