दाङ तुलसीपुरकाे अरनिको मैदानमा तुलसीपुर नगर जेसिसले शौचालय बनाउने

तुलसीपुर, २२ मंसिर ।
  दाङको तुलसीपुरमा रहेको अरनिको मैदानमा तुलसीपुर नगर जेसिसले शौचालय बनाउने भएको छ । अरनिको मैदानदेखी पश्चिमतिरको भागमा बन्न लागेको शौचालयको आज एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य दिपक गिरीले सिलन्यास गर्नुभएको छ । शौचालयको सिलन्यास गर्दै सांसद गिरीले सरकारले गर्नुपर्ने काम नगर जेसिसले गर्नु रामो पक्ष रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । अरनिको मैदानमा २/३ महिनाभित्रै सुविधा सम्पन्न शौचालय निर्माण गरी हस्तान्तरण गर्ने गरी निर्माण सुरु गर्न लागिएको तुलसीपुर नगर जेसिसका अध्यक्ष पुर्ण बिक्रम डाँगीले जानकारी दिनुभयो ।

अरनिको मैदानमा विभिन्न किसिमका खेलखुदका क्रियाकलापसँगै अन्य धेरै कार्यक्रमहरु हुदै आएपनि सार्वजनिक शौचालय नहुदा खेलाडीलगाएत अन्य सहभागीहरुलाई धेरै समस्या हुने गरेको उहाँले बताउनुभयो । सोही समस्यालाई मध्यनजर गर्दै नगर जेसिसको आयोजनामा शौचालय निर्माण गर्न थालिएको उहाँले बताउनुभयो । अरनिको मैदानमा शौचालयको आवश्यकता रहेपनि निर्माणमा अहिलेसम्म कसैले चासो नदेखाएको भन्दै विभिन्न सञ्चार माध्यामलगाएत सामाजिक सञ्चालहरुमा टिकाटिप्पनी भइरहेको अवस्थामा तुलसीपुर नगर जेसिस शौचालय निर्माणमा अगाडी सरेको हो । शौचालय निर्माण सम्पन्न भएसँगै खेलाडीहरुलाई सहज हुने अपेक्षा गरिएको छ

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत