१५ हजार बालबालिकाको पोषण जाँच गर्दै तुलसीपुर उपमहानगर

दाङ । तुलसीपुर उपमहानगरपालिकले यस क्षेत्रका १५ हजार बालबबालिकाको पोषण अवस्थाको नि:शुल्क जाँच गर्न सुरु गरेको छ ।
गैह« सरकारी संस्था बेससँगको सहकार्यमा १९ वटै वडामा रहेका ६ महिनादेखी ५९ महिनासम्मका १५ हजार बालबालिकाको शरीरमा भएको पोषण अवस्था जाँच गरिने अभियान सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार पौष्टिक आहारा कमी भएका बालबालिकालाई उपमहानगरले उपचार गर्ने छ ।
पोषण जाँचको एक समारोहका बीच आज वडा नम्वर १० बाट सुरु गरिएको छ । उक्त समारोहलाई सम्बोधन गर्दै तुलसीपुरका नगर प्रमुख टिकाराम खड्काले शारीरिक र मानसिक रुपमा बालबालिकालाई स्वस्थ राख्न पौष्टिक आहारा कमी गर्न नहुने बताउनुभयो । पौष्टिक आहारा कमी भए कुपोषण लगाएतका प्राण घातक रोगले आक्रमण गर्ने भन्दै नगर प्रमुख खड्काले सम्भावित खतराको पहिचान गर्न पोषण जाँच गर्न थालिएको बताउनुभयो । वडाध्यक्ष यमराज केसीको अध्यक्षतामा भएको कार्यक्रम तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डाँगी,स्वास्थ्य शाखाका पौष्टिक फोकल पर्सन विमल केसी लगाएतकाले पौष्टिक सचेतनाका बिषयमा बोल्नु भएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत