१५ हजार बालबालिकाको पोषण जाँच गर्दै तुलसीपुर उपमहानगर


दाङ । तुलसीपुर उपमहानगरपालिकले यस क्षेत्रका १५ हजार बालबबालिकाको पोषण अवस्थाको नि:शुल्क जाँच गर्न सुरु गरेको छ ।
गैह« सरकारी संस्था बेससँगको सहकार्यमा १९ वटै वडामा रहेका ६ महिनादेखी ५९ महिनासम्मका १५ हजार बालबालिकाको शरीरमा भएको पोषण अवस्था जाँच गरिने अभियान सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार पौष्टिक आहारा कमी भएका बालबालिकालाई उपमहानगरले उपचार गर्ने छ ।
पोषण जाँचको एक समारोहका बीच आज वडा नम्वर १० बाट सुरु गरिएको छ । उक्त समारोहलाई सम्बोधन गर्दै तुलसीपुरका नगर प्रमुख टिकाराम खड्काले शारीरिक र मानसिक रुपमा बालबालिकालाई स्वस्थ राख्न पौष्टिक आहारा कमी गर्न नहुने बताउनुभयो । पौष्टिक आहारा कमी भए कुपोषण लगाएतका प्राण घातक रोगले आक्रमण गर्ने भन्दै नगर प्रमुख खड्काले सम्भावित खतराको पहिचान गर्न पोषण जाँच गर्न थालिएको बताउनुभयो । वडाध्यक्ष यमराज केसीको अध्यक्षतामा भएको कार्यक्रम तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डाँगी,स्वास्थ्य शाखाका पौष्टिक फोकल पर्सन विमल केसी लगाएतकाले पौष्टिक सचेतनाका बिषयमा बोल्नु भएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बिद्यार्थीहरूले करिव १ महिनाकाे तालिम लिइसकेपछि आज एक समारोहका बिच विभिन्न खानेकुराकाे प्रदर्शनी देखाएका हुन । सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट…

    थप पढ्नुहोस्

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुर, ५ चैत । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गाेदाम घर नजिकमा खुकुरी प्रहार हुँदा एक ब्यक्ति घाईते भएका छन् ।मंगलबार दिउसाे २ बजेतिर दुईजना ब्यक्तिले खुकुरी प्रहार…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १५:२२
    • 89 views
    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १२:४२
    • 126 views
    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार १०:१८
    • 119 views
    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०९:२९
    • 62 views
    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०८:४०
    • 87 views
    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०४:१६
    • 73 views
    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित