घोराही १० नारायणपुर स्थित सिद्ध रत्ननाथ क्याम्पसको १२औँ क्याम्पस सभा कार्यक्रम सम्पन्न ।

प्रकाश के सी ।

घाेराही, २५ जेठ ।

२०७९ सालमा स्थापना भएको सिद्ध रत्ननाथ क्याम्पसको हिजाे २४ गते शनिबारका दिन १२औँ क्याम्पस सभा कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको छ।

उक्त कार्यक्रम सिद्ध रत्ननाथ क्याम्पसका सञ्चालक समितिका अध्यक्ष प्रेम बहादुर डांगीको अध्यक्षतामा तथा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख अतिथितामा र घोराही उपमहानगरपालिका १० का अध्यक्ष दीपक पाण्डे लगायतको विशिष्ट अतिथितामा र इलाका प्रहरी कार्यालय दाङ जिल्ला प्रमुख अर्जुन तिमिल्सिना र घोराही ९ नम्बर वडा अध्यक्ष चैतुलाल चौधरी, घोराही १४ नम्बर वडा अध्यक्ष शक्तिराम डाँगी, क्याम्पस प्रमुख दीपक लामिछाने, नेकपा माओवादी केन्द्रका अध्यक्ष विष्णु भण्डारी लगायतका उच्च पदाधिकारीहरूको आतिथ्यतामा तथा उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

त्यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष डाँगीले १२औं वर्षमा अनेकौं चुनौतीहरू पार गर्दै क्याम्पसका सयौं विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्याउँदै आएको बताउँदै आगामी दिनहरुमा पनि आधुनिक शिक्षण प्रणाली, प्रविधिको उपयोग र नवीन कार्यक्रम मार्फत क्याम्पसलाई अझ उत्कृष्ट बनाउने प्रतिबद्धता जनाउनुभएको थियो।

भने त्यस्तै प्रमुख अतिथि नरुलाल चौधरीले शिक्षा नै विकास हो तर शिक्षा भन्नाले प्रमाणपत्र लिने भन्ने साेचले पढेका विद्यार्थी भाइबहिनीहरूले आफ्नो ज्ञान र सिप समाजलाई र आफ्नो देशको परिवर्तनलाई योगदान गर्न सक्ने जनशक्ति उत्पादन गर्न नसकेको कुरा बताउँदै यस शिक्षा प्रणालीलाई सुधार र गुणस्तरीय बनाउनका लागि क्याम्पसमा रहेका समस्यालाई समाज सरकार र प्राइभेट सेक्टरबाट साथ सहयोग गरेमा समस्या समाधान हुने बताउनुभयो ।

त्यस्तै घोराही १४ नम्बर वडा अध्यक्ष शक्तिराम डाँगीले कार्यक्रमको भव्य शुभकामना दिँदै क्याम्पसका सञ्चालक समितिका अध्यक्ष ८० वर्षको उमेरमा समेत युवाको जस्तो जोस जागर र नेतृत्व पाएकाेमा र सबैमा सामूहिकमा सहकार्य गरेर विभिन्न चुनौतीका बावजुद पनि क्याम्पसलाई यो स्थानसम्म ल्याएकोमा हर्स मान्दै शुभकामना मन्तव्य राख्नुभएको हो।

त्यस्तै माओवादी दाङ जिल्ला इन्चार्ज मिलन डाँगी लगाएतले आज विभिन्न देशहरूले गरेको विकासको आधार शिक्षा हो। हाम्रो देशमा भने राजनीतिक दलका नेता एक आपसमा झगडा र खिचातानीमा समय बर्बाद भएको छ। शिक्षालाई गुणस्तरीय तथा गतिशील बनाउन सबैको कर्तव्य रहेको र भाेलीकाे पिढिलाई नयाँ शिक्षाद्वारा देशको विकास प्रगतिको बाटोतर्फ बढाउने कुरामा जोड दिनुभयो ।

उक्त कार्यक्रममा क्याम्पस प्रमुख दीपक लामिछानेले क्याम्पसको प्रगतिशील विवरणहरूको बारेमा बताउनुभएको थियो भने कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति तथा नृत्य प्रस्तुतिहरु समेत राखिएको थियो। त्यस्तै कार्यक्रममा विद्यार्थीहरूका लागि चन्दादाता अक्षयदाता र सहयोग गर्ने दाताहरूलाई खादा र प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने क्यामपसकाे प्राङ्गणमा नव निर्मित माता सरस्वतिकाे मन्दिरलाइ विधिवत् उद्घाटन समेत गरिएकाे थियाे।

क्याम्पसका शिक्षक शिक्षिकाहरुको साङ्गीतिक प्रस्तुतिद्वारा अभिभावक तथा अतिथिहरूलाई स्वागत र सम्मानबाट सुरु भएको कार्यक्रमको सहजीकरण सोही क्याम्पसका दामोदर पाण्डेले गर्नुभएको थियो।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत