
तुलसीपुर, १९ जेठ ।
तुलसीपुर उपमहानगरपालिका–५ (ग) लाइन निवासी ५३ वर्षीय अर्जुन गौतममाथि रड प्रहार हुँदा गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य रानाका अनुसार गौतम जेसिश चोक नजिक उभिरहेको अवस्थामा गएराति सवा ११ बजे अज्ञात युवाले बुलेट मोटरसाइकलमा आएर अचानक रड प्रहार गरेका हुन्।
घाइते गौतमको राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर देखिएकाले उनलाई थप उपचारका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ। अनुहार र नाकमा गहिरो चोट लागेको छ। आक्रमणकारी हालसम्म फरार छन् र उनको खोजी भइरहेको छ।