तुलसीपुरमा कुटपिट : एक जना घाइते, एक पक्राउ, एक फरार ।

दाङ, ३० जेठ ।

तुलसीपुर उपमहानगरपालिका–५ स्थित गत बिहिबार बसपार्क ओरालोमा अपरिचित दुई व्यक्तिले बाटो छेकेर पैसा माग्दा नदिएपछि प्रेम बुढाथोकी नामका युवकमाथि कुटपिट भएको छ।

जिल्ला सल्यान कपुरकोट गाउँपालिका–३ का १८ वर्षीय बुढाथोकी र उनका साथी किरण घर्ती हिँडिरहेका बेला अपरिचित व्यक्तिहरूले निधारमा हानेर बुढाथोकीलाई घाइते बनाएपछि उनीहरू फरार भएका थिए।

घाइतेलाई सुरुवाती उपचारका लागि सीटी अस्पताल तुलसीपुरमा लगिएको थियो भने पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। बोल्न नसक्ने अवस्थामा पुगेका बुढाथोकीका आफन्त र घर्तीले साँझ ६ बजे प्रहरीलाई जानकारी दिएका थिए।

जानकारी पाएका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य बहादुर रानामगरको कमाण्डमा खटिएको टोलीले कुटपिटमा संलग्न शंङ्कितमध्ये तुलसीपुर–७ का १८ वर्षीय सौरभ नेपालीलाई पक्राउ गरेको छ। अर्का एक जना भने फरार रहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…