तुलसीपुरकाे बेलुवामा लुटपाटः एक युवकसंग ३९ हजार नगद, मोबाइल र प्रेस कार्ड लुटियो: चार जना पक्राउ ।

तुलसीपुर, ३१ जेठ ।

तुलसीपुर –९ बेलुवास्थित जेठ २९ गते आइसक्रिम फ्याक्ट्री नजिक एक युवकलाई लुटपाट गरिएको घटना सार्वजनिक भएको छ।

तुलसीपुर बसपार्कबाट मोटरसाइकलमा घर फर्किँदै गरेका तुलसीपुर–७ का २७ वर्षीय राजु चौधरीलाई अपरिचित व्यक्तिले “मेरो मोबाइलमा ब्यालेन्स छैन, एक फोन गर्न मोबाइल दिनुहोस्” भन्दै रोक्का गरेका थिए।

चौधरीले फोन दिएकै केही समयपछि ४–५ जना युवाहरु आई उनीमाथि आक्रमण गरी बिमा तिर्ने बहानामा रु ३९,००० नगद, लाइसेन्स, ब्लुबुक र प्रेस कार्ड खोसेर फरार भएका थिए।

पीडित चौधरीले मोबाइल आर्मी ब्यारेक नजिकबाट र लाइसेन्स ऐ. पौडेल हार्डवयर नजिक फेला पारेको जनाउँदै घटना भएको ३० गते बिहान ८:२० बजे इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएका थिए।

सो घटनासँग सम्बन्धित चार जना युवाहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको समन्वयमा नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेहरुमा:

  1. दाङ तुलसीपुर–४ का १५ वर्षीय धनिराम बिक
  2. ऐ.ऐ.–३ का १५ वर्षीय विशाल पोख्रेल
  3. ऐ.ऐ.–४ का २३ वर्षीय कुमार के.सी
  4. ऐ.ऐ.–४ का २१ वर्षीय शिरिस परियार (उर्फ नन्दे) रहेका छन्।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत