तुलसीपुर ,०३ असार ।
दाङकाे तुलसीपुर –८ बेलुवा अश्वार ओरालोमा साईकलबाट लड्दा एक बालक घाइते भएका छन्। गत असार ०२ गते साँझ करिब ६ बजे दंगिशरण गाउँपालिका–५ का १२ वर्षीय विमल चौधरी साईकल अनियन्त्रित भई लड्दा निधारमा गहिरो चोट लागेको हो।
प्राथमिक उपचारपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका लागि पठाइएको छ, जहाँ उनको अवस्था मध्यम रहेको बताइएको छ। साईकल अ.प्र.पोष्ट बालापुरको सम्पर्कमा रहेको छ।









