तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

दाङ, १३ पुस ।
दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सवमा’ दिनप्रतिदिन रौनकता थपिदै गएको छ । महोत्सव अवलोकनका दैनिक हजारौँको संख्यामा सहभागी हुने गरेको छ ।

‘स्थानीय वस्तुको प्रवद्र्धन गरौँ, औद्योगिक वातावरणको सुधार–दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा महोत्सव सञ्चालन भइरहेको छ । पुस ४ गतेदेखि शुरु भएको महोत्सवको दशौँ दिनसम्म आइपुग्दा उल्लेख्यरुपमा सफलता पाएको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताउनुभयो । दर्शकको सहभागीताले स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवद्र्धनसँगै कला, संस्कृतिलाई थप उचाइमा पुर्‍याएको उहाँले बताउनुभयो ।

महोत्सवमा दाङसहित छिमेकी जिल्ला रोल्पा, बाँके, रुकुम पश्चिम, रुकुम पूर्व, प्युठान लगायतका जिल्लाहरूबाट दर्शक अवलोकनका लागि आउने गरेका छन् । महोत्सवमा बढ्दै गएको दर्शकको उपस्थितिले आयोजकलाई थप हौसला मिलेको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताउनुभयो । भएको महोत्सव १९ गतेसम्म संचालन हुनेछ ।

महोत्सवमा आज दशौँ दिन चर्चित गायक प्रकाश दुतराजको सांगितिक प्रस्तुति रहने साँस्कृतिक संयोजक टिकाजंग वलीले बताउनुभयो । ‘घर कता हो बैनीको’ गितबाट चर्चामा आएका प्रकाशका थुप्रै गित निकै सुपरहिट रहेका छन् । साँस्कृतिक संयोजक वलीका अनुसार आज प्रकाश संगै कलावती केसी, थम्मन भण्डारी लगायतका कलाकारको प्रस्तुति रहनेछ । आजको कार्यक्रम संचालन सन्तोष केसीले गर्नुहुनेछ ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान