तुलसिपुरमा अटोले साइकल यात्रीलाई ठक्कर दिँदा घाइते

तुलसीपुर, ९ असार ।

दाङको तुलसिपुर उपमहानगरपालिका–६, भुईयाँर थान नजिक अटोले साइकल यात्रीलाई ठक्कर दिँदा एक युवक घाइते भएका छन्।

शुक्रबार साँझ करिब ७:३० बजे लु.प्र.०२–००१ ह ०८८९ नम्बरको अटोले सोही दिशा हुँदै बजारतर्फ जाँदै गरेको रक्सी सेवन गरेकाे अवस्थामा साइकल यात्रीलाई ठक्कर दिएका थिए। दुर्घटनामा परेर सल्यानको दार्मा गाउँपालिका–६ स्थायी घर भई हाल तुलसिपुर–६ मा डेरामा बस्दै आएका १७ वर्षीय दीपक बस्नेत घाइते भएका हुन्।

उनको दुबै खुट्टामा चोट लागेको र राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि राति ९:३० बजे डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न अटो र चालक तुलसिपुर–४ रक्षाचौरका ३५ वर्षीय भुपेन्द्र थापा प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनापछि प्रहरी निरीक्षक रुद्र बहादुर खड्काको कमाण्डमा टोली खटिएको थियो।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत