दाङका पत्रकार सागर सुवेदीले चलचित्र ‘जदौ’मा अभिनय गर्ने ।

दाङ, २२ साउन ।

अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने चलचित्र ‘जदौ’ मा दाङ तुलसीपुरका पत्रकार सागर सुवेदी कलाकारको रूपमा अनुबन्धित भएका छन्। पेशाले पत्रकार रहेका सुवेदीले पहिलो पटक चलचित्रमा अभिनय गर्दैछन्।

विगत केही वर्षदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका सुवेदीले अभिनयमा रुचि राख्दै आएका थिए। चलचित्र ‘जदौ’ मा उनले पत्रकारकै भूमिका निर्वाह गर्नेछन्। “पत्रकारिता मेरो पेशा हो, तर अभिनय मेरो रुचिको क्षेत्र हो,” सुवेदीले भने, “यो चलचित्रले मलाई दुवै भूमिकामा प्रस्तुत हुने मौका दिएको छ।”

अन्तरजातीय प्रेमसम्बन्धको कथामा आधारित चलचित्र ‘जदौ’ ले समाजमा भइरहेका विविध घटनालाई चित्रण गर्ने निर्माण टिमले जनाएको छ। चलचित्रको छायांकन भदौको पहिलो साताबाट सुरु गरिने तयारी रहेको र चलचित्र दाङको सेरोफेरोमा छायांकन हुनेछ।

कलाकारको रूपमा पहिलोपटक पर्दामा देखिन लागेका सुवेदीको अभिनयले नयाँ ऊर्जा र प्रेरणा दिने विश्वास गरिएको छ।

अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने ‘जदौ’ काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्नेछ ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान