डिभाइन टेम्पल एकाडेमीमा डेंगी सचेतना  कार्यक्रम सम्पन्न ।

तुलसीपुर , २३ साउन ।

वर्षातको मौसमसँगै डेंगूको जोखिम बढ्दै गएपछि तुलसीपुर उपमहानगरपालिका–६ स्थित डिभाइन टेम्पल एकाडेमीमा डेंगू विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम डेंगी फ्री नेपाल दाङका जिल्ला संयोजक शुभम देवकोटाको सभाध्यक्षतामा तथा विद्यालयका प्रधानाध्यापक भोजराज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

 प्रमुख अतिथि न्यौपानेले विद्यालयमा निरन्तर स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै, “विद्यार्थीहरूले यहाँ सिकेका कुरा आफ्ना टोल–छिमेकमा पु¥याउनेछन्। यस्ता कार्यक्रमले विद्यार्थीहरू सचेत हुने मात्र होइन, समुदायमै प्रभाव पार्छन्, त्यसैले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउँदै अघि बढ्नेछौं,” भन्नुभयो।

प्रशिक्षक इन्द्र बहादुर खत्रीले डेंगू रोगको कारण, लक्षण, बच्ने उपाय, लामखुट्टेको जीवनचक्र, संक्रमणको अवस्था र नियन्त्रणमा समुदायको भूमिकाबारे विस्तृत जानकारी दिनुभयो।

कार्यक्रममा शिक्षक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले वडालाई पूर्णरूपमा डेंगूमुक्त बनाउन आपसी सहकार्यका साथ निरन्तर अभियान चलाउने प्रतिबद्धता व्यक्त गरे।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान