दाङ, ३१ असाेज ।
तिहार पर्वका अवसरमा दाङमा राति १० बजेसम्ममात्रै देउसी भैलो खेल्न पाउने व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालय दाङले शान्ति सुरक्षा र अनुशासन कायम राख्दै राति १० बजेसम्म मात्र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने जनाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार प्रशासनले देउसी–भैलो लगायतका कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउन आग्रह गरेको छ। साथै, उनले स्थानीय युवा समूह र समुदायलाई सांस्कृतिक कार्यक्रमका नाममा हुने अशान्ति र अव्यवस्था नियन्त्रणमा सहयोग गर्न अनुरोध गरेका छन्।
प्रशासनले पटका, भुईँचम्पा, र अन्य विष्फोटक तथा प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री–वितरणमा समेत कडाई गरिएको जनाएको छ।









