जनसेवा बचत तथा ऋण सहकारी संथाकाे २५ अाै साधारण सभा

जनसेवा बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारणसभा
तुलसीपुर, १२ असोज ।
दाङको तुलसीपुर–७ खर्चवामा रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ औं साधारणसभा गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी सहकारीले २५ औं साधारणसभा गरेको हो ।

संस्थाका अध्यक्ष जीवन भण्डारीको अध्यक्षता तथा तुलसीपुर–७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि जीसीले सहकारीलाई सुदृढ बनाउनका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले शेयर सदस्यहरूलाई सहकारीको गतिविधिहरूमा निगरानी राख्न पनि आग्रह गर्नुभयो । जीसीले सहकारीले उत्कृष्ट काम गर्दै आएको र नागरिकहरूमा बचत गर्ने संस्कारको विकास भएको उल्लेख गर्दै उत्पादनशील क्षेत्रहरूमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहाकार शेषुराम भण्डारी, दर्गा प्रसाद भण्डारी, नारायण प्रसाद भण्डारी, पूर्व अध्यक्ष खग प्रसाद पोख्रेल, झग्गु प्रसाद भुसाल लगाएतकाले शुमकामना मन्तव्य राख्नुभएको हो ।

संस्थाको प्रगति तथा सांगठनिक प्रतिवेदन सचिव दिपक केसीले प्रस्तुत गर्नुभएको हो । आर्थिक तथा आगामी अनुमानित बजेट कोषाध्यक्ष विक्रम बाबु केसी र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक सुनिल खनालले प्रस्तुत गर्नुभएको हो ।

यसैबिच साधारणसभामा जेष्ठ सदस्य, असल बचतकर्ता, धेरै शेयर सदस्य बनाउने शेयर सदस्य, नियमित बचत धेरै गर्ने सदस्य, असल ऋणी तथा भवन निर्माण कोषमा सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान गरिएको छ ।

संस्थाका पूर्व अध्यक्ष खग प्रसाद पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव दिपक केसीले गर्नुभएको हो ।।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर, ११ माघ । दाङको दंगीशरण गाउँपालिकाबाट दर्जन बढि जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रमकाबीच उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…