जनसेवा बचत तथा ऋण सहकारी संथाकाे २५ अाै साधारण सभा

जनसेवा बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारणसभा
तुलसीपुर, १२ असोज ।
दाङको तुलसीपुर–७ खर्चवामा रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ औं साधारणसभा गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी सहकारीले २५ औं साधारणसभा गरेको हो ।

संस्थाका अध्यक्ष जीवन भण्डारीको अध्यक्षता तथा तुलसीपुर–७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि जीसीले सहकारीलाई सुदृढ बनाउनका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले शेयर सदस्यहरूलाई सहकारीको गतिविधिहरूमा निगरानी राख्न पनि आग्रह गर्नुभयो । जीसीले सहकारीले उत्कृष्ट काम गर्दै आएको र नागरिकहरूमा बचत गर्ने संस्कारको विकास भएको उल्लेख गर्दै उत्पादनशील क्षेत्रहरूमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहाकार शेषुराम भण्डारी, दर्गा प्रसाद भण्डारी, नारायण प्रसाद भण्डारी, पूर्व अध्यक्ष खग प्रसाद पोख्रेल, झग्गु प्रसाद भुसाल लगाएतकाले शुमकामना मन्तव्य राख्नुभएको हो ।

संस्थाको प्रगति तथा सांगठनिक प्रतिवेदन सचिव दिपक केसीले प्रस्तुत गर्नुभएको हो । आर्थिक तथा आगामी अनुमानित बजेट कोषाध्यक्ष विक्रम बाबु केसी र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक सुनिल खनालले प्रस्तुत गर्नुभएको हो ।


यसैबिच साधारणसभामा जेष्ठ सदस्य, असल बचतकर्ता, धेरै शेयर सदस्य बनाउने शेयर सदस्य, नियमित बचत धेरै गर्ने सदस्य, असल ऋणी तथा भवन निर्माण कोषमा सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान गरिएको छ ।

संस्थाका पूर्व अध्यक्ष खग प्रसाद पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव दिपक केसीले गर्नुभएको हो ।।

  • सम्बन्धित पोस्टहरू

    बैशाख १३ गते तुलसीपुरमा लाइन्स क्लब डिष्ट्रिक ३२५N को महाधिवेशन हुने ।।

    तुलसीपुर, ७ बैशाख । दाङको तुलसीपुरमा बैशाख १३ गते लाइन्स क्लब डिष्ट्रिक ३२५N को महाधिवेशन आयोजना हुने भएको छ। आइतबार रिपोर्टर्स क्लब दाङमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विस्तृत जानकारी दिइएको…

    थप पढ्नुहोस्

    दाङको देउखुरीमा बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु, १५ जना घाइते ।।

    दाङ ६ बैशाख । दाङको देउखुरीमा हिजाे साँझ एक यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्। कृष्णनगरबाट तुलसीपुरतर्फ गइरहेको बा ३…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।