दाङको शान्तिनगर गाउँपालिका ६ कोरबाङमा सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न

दाङको शान्तिनगर गाउँपालिका ६ कोरबाङमा नेपालीहरूको महान चाड विजयादशमी र तिहारको पूर्वसन्ध्यामा सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

टोल समितिका अध्यक्ष इन्द्रबहादुर रेउलेको नेतृत्वमा भएको उक्त सरसफाई तथा जनचेतनामूलक कार्यक्रममा मानिसको जीवनमा सरसफाईको महत्वबारे टोलबासीलाई जानकारी दिइएको थियो।
विशेषगरी प्लास्टिकजन्य फोहोर चिजले वातावरण र जनस्वास्थ्यमा पारेको असरबारे टोलका अध्यक्ष इन्द्रबहादुर रेउलेले टोलबासीलाई प्रष्ट पार्दै आगामी दिनहरूमा प्रत्येक घरका सदस्यहरुले फोहोर सही तरिकाले व्यवस्थापन गर्नुपर्ने कुरामा सचेत गराउनुभएको थियो।

टोलका सचिव बलिराम चौधरीले गाउँटोलमा भएका सम्पत्ति सबैको साझा सम्पत्ति भएको र त्यसको संरक्षण सबै टोलबासीको दायित्व भएको कुरा स्पष्ट पारेका थिए। टोल समितिका सदस्य हेमा धिताल र लक्ष्मी चौधरीले महिलाहरूलाई घरको चुलो चौकोमा मात्र सिमित नभएर गाउँटोल र समाजको विकासका कार्यक्रमहरूमा अग्रसर हुन सबै महिला दिदीबहिनीहरू लाई हौसला दिएका थिए।

जनप्रतिनिधि सदस्य ज्ञानु चौधरीले सबै टोल बासीहरूलाई २०८१ सालको दशैं तिहारको शुभकामना दिँदै चाडपर्वमा व्व्यापक सामाजिक विकृति र विसङ्गतिहरूलाई गाउँ समाजबाट हटाउन सबै गाउँले र विशेषगरी युवा र महिलाहरूको अहम भूमिका रहेको कुरामा जोड दिएका थिए। करिब १७५ टोलबासीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा गाउँमा रहेका दुईवटा वाताहरूको सरसफाई समेत गरिएको टोल का सदस्य पुर्ण बोहरा ले जानकारी दिनुभएको थियो।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत