दिव्य कुञ्जका विद्यार्थीहरु सामाजिक काममा सक्रिय हुदै

असोज  २२, दाङ ।
तुलसीपुर ७ मा अवस्थित , दिव्य कुञ्ज एकेडेमीले सैद्धान्तिक ज्ञान संगसंगै अतिरिक्त ज्ञान र क्रियाकलापलाई विशेष जोड दिदै आएको छ । जस अनुसार विद्यालयले आज  तुलसीपुर वडा नम्बर ७ मा रहेको पुरानो धार्मिक स्थल खैराबाङ भुवनेश्वरी भगवती मन्दिरलाई २ वटा फोहोर राख्ने भाडो हस्तान्तरण र मन्दिर परिसर सरसफाइ गरेको छ।

एक कार्यक्रमकाबिच मन्दिर व्यबस्थापन समितीका अध्यक्ष ईन्द्र बहादुर बुढाथोकी एवम् मन्दिरका मुख्य पुरोहित श्याम कुमार शर्माको उपस्थितिमा उक्त सामाग्री बिद्यालयका कप्तान र उप-कप्तानको हातबाट  हस्तान्तरण गरिएको हो । कक्षा (८,९,१०) विद्यार्थीहरुले खाजा खर्च कटाएर जम्मा गरेको रकमलाई सामाजिक कार्यमा लगायका हुन् ।

बिद्यालयले सामाजिक काममा सकृयता देखाएकोप्रती मन्दीर ब्यबस्थापन समितीका अध्यक्ष ईन्द्र बहादुर बुढाथोकीले धन्यवाद दिनुभयो ।

यस्तै , विद्यार्थीलाई  आफ्नो वरिपरिको सामाजिक परिवेशको जानकारी हुनुपर्ने  एवम् धार्मिक सम्पदाको महत्त्व बुझाउने र संरक्षणमा विद्यार्थीले पनि केही सकारात्मक एवम् रचनात्मक काम गर्न सक्नुपर्ने र सोही अनुसार विद्यालयले यस्ता कार्यलाई विशेष जोड दिदै आएको विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीले बताउनुभयो । कार्यक्रमको सहजीकरण बिधालयका कार्यक्रम संयोजक पूर्ण के.सी. (मुस्कान) ले गर्नुभएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान