बजार व्यवस्थापन कार्यविधि एकातिर काम अर्कैतिर

बजार व्यवस्थापन कार्यविधि एकातिर काम अर्कै
तिर भएको पाइएको छ। तुलसीपुर बजार व्यवस्थित फुटपाथको व्यवस्था गर्न नेपालको संविधान धारा २१६ बमोजिम तुलसीपुर उपमहानगरपालिकाले २०७४ कार्तिक २० गतेको बैठकको निर्णय अनुसार बजार व्यवस्थापन कार्यविधि २०७४ निर्माण गर्यो। जस अन्तर्गत फुटपाथमा कुनै व्यवसाय गर्न नपाइने उल्लेख गरेको छ तर वर्तमान समयमा अव्यवस्थित तुलसीपुर बजारको यो अवस्थाले बजार व्यवस्थापन कार्यविधिको धज्जी उडाएको देखिन्छ ।

त्यस्तै ठेला जरिमानाको हकमा ठेला रिक्सा कार्यालयमा ल्याएमा पहिलो पटकमा १५०० दोस्रो पटकमा २५०० र तेस्रो पटकमा जफत हुने व्यवस्था गरिएको छ तर ठेला व्यवसायीले पहिलोपटकमै जफत गरिएको गुनासो गरेका छन् ।

त्यस्तै २०७९ असोज २७ गते अर्को नयाँ बैठकको निर्णय अनुसार पहिलो पटकमै ठेला जफत गर्ने निर्णय गरियो। तर यो निर्णय पनि पालना नगरी ५००० जरिमाना काटेर ठेला फिर्ता गरेको पाइएको छ त्यस्तै २०८१ वैशाख २४ गते उपमेयरको संयोजकत्वमा बसेको बैठकबाट एक पटक जरिमाना असुल गरी फिर्ता गर्ने निर्णय गरियो ।

त्यस्तै नगर प्रमुख टिकाराम खड्काले व्यवसायीको भनाइ मात्र हो नगरपालिकाको तर्फबाट काम गरिरहेको बताउनुभयो ।

ठेला व्यवस्थापन सम्बन्धी कार्यविधि आएता पनि लागू भने हुन सकेको छैन। सम्बन्धित प्रशासन पनि त्यति सक्रिय भएको पाइँदैन जसकारण अव्यवस्थित तुलसीपुर बजार देख्न सकिन्छ र फुटपाथका व्यवसायीले गर्दा फलफुल व्यवसाय गर्ने व्यवसायीहरुलाई मर्का परेको गुनासो गरेका छन् ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान