बजार व्यवस्थापन कार्यविधि एकातिर काम अर्कैतिर


बजार व्यवस्थापन कार्यविधि एकातिर काम अर्कै
तिर भएको पाइएको छ। तुलसीपुर बजार व्यवस्थित फुटपाथको व्यवस्था गर्न नेपालको संविधान धारा २१६ बमोजिम तुलसीपुर उपमहानगरपालिकाले २०७४ कार्तिक २० गतेको बैठकको निर्णय अनुसार बजार व्यवस्थापन कार्यविधि २०७४ निर्माण गर्यो। जस अन्तर्गत फुटपाथमा कुनै व्यवसाय गर्न नपाइने उल्लेख गरेको छ तर वर्तमान समयमा अव्यवस्थित तुलसीपुर बजारको यो अवस्थाले बजार व्यवस्थापन कार्यविधिको धज्जी उडाएको देखिन्छ ।

त्यस्तै ठेला जरिमानाको हकमा ठेला रिक्सा कार्यालयमा ल्याएमा पहिलो पटकमा १५०० दोस्रो पटकमा २५०० र तेस्रो पटकमा जफत हुने व्यवस्था गरिएको छ तर ठेला व्यवसायीले पहिलोपटकमै जफत गरिएको गुनासो गरेका छन् ।

त्यस्तै २०७९ असोज २७ गते अर्को नयाँ बैठकको निर्णय अनुसार पहिलो पटकमै ठेला जफत गर्ने निर्णय गरियो। तर यो निर्णय पनि पालना नगरी ५००० जरिमाना काटेर ठेला फिर्ता गरेको पाइएको छ त्यस्तै २०८१ वैशाख २४ गते उपमेयरको संयोजकत्वमा बसेको बैठकबाट एक पटक जरिमाना असुल गरी फिर्ता गर्ने निर्णय गरियो ।

त्यस्तै नगर प्रमुख टिकाराम खड्काले व्यवसायीको भनाइ मात्र हो नगरपालिकाको तर्फबाट काम गरिरहेको बताउनुभयो ।

ठेला व्यवस्थापन सम्बन्धी कार्यविधि आएता पनि लागू भने हुन सकेको छैन। सम्बन्धित प्रशासन पनि त्यति सक्रिय भएको पाइँदैन जसकारण अव्यवस्थित तुलसीपुर बजार देख्न सकिन्छ र फुटपाथका व्यवसायीले गर्दा फलफुल व्यवसाय गर्ने व्यवसायीहरुलाई मर्का परेको गुनासो गरेका छन् ।

  • सम्बन्धित पोस्टहरू

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बिद्यार्थीहरूले करिव १ महिनाकाे तालिम लिइसकेपछि आज एक समारोहका बिच विभिन्न खानेकुराकाे प्रदर्शनी देखाएका हुन । सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट…

    थप पढ्नुहोस्

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुर, ५ चैत । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गाेदाम घर नजिकमा खुकुरी प्रहार हुँदा एक ब्यक्ति घाईते भएका छन् ।मंगलबार दिउसाे २ बजेतिर दुईजना ब्यक्तिले खुकुरी प्रहार…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १५:२२
    • 97 views
    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १२:४२
    • 127 views
    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार १०:१८
    • 119 views
    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०९:२९
    • 62 views
    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०८:४०
    • 87 views
    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०४:१६
    • 73 views
    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित