
दाङ २३ पुस ।दङ्गीशरण ६ बागरमा प्रथम दङ्गीशरण कृषि पर्यटन व्यापारिक तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ। कृषि पर्यटन व्यापारिक तथा सांस्कृतिक क्षेत्रलाई प्रवर्धन गर्नका लागि २०८१ पुस २८ गतेदेखि माघ ८ गतेसम्म दङ्गीशरण गाउँपालिका ६ बागर दाङमा सञ्चालन गर्न लागेको संयोजक अजय बुढाथोकीले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
फ्रेन्च स्केट जोन प्राली नारायणपुर दाङको आयोजनामा ,मितेरी युवा क्लब तुलसीपुर दाङको सह आयोजनामा ,भावना एमयुजेन्ट प्रा ली कैलाली नेपालको व्यवस्थापनमा तथा दङ्गीशरण गाउँपालिका हेकुली दाङको संरक्षणमा महोत्सव सञ्चालन हुने भएको छ ।

महोत्सवमा स्थानीयसँगै राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरूको उपस्थिति रहने भएको छ भने दर्शकहरूलाई महोत्सवमा प्रवेश गर्नका लागि रु १०० शुल्क टिकट राखिएको छ।५० हजारभन्दा बढी दर्शकहरूले प्रत्यक्ष रूपमा महोत्सवको अवलोकन गर्न सकिने तथा तथा महोत्सवबाट ६० लाख रुपैयाँभन्दा धेरै रकम सङ्कलन हुने अनुमान गरिएको संयोजक बुढाथोकीले बताउनुभयो ।