सल्यानमा एकै घरका दिदीबहिनी शंकास्पद अवस्थामा मृत फेला

सल्यान २४ पुस ।
सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा दिदी बहिनी नै आफ्नै घरमा मृत फेला परेका छन् ।
बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतले बताए ।
उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको इन्सपेक्टर बस्नेतले जानकारी दिए ।
कुनै पनि स्वास्थ्य समस्या नभएका दुई बहिनी मृत अवस्थामा भेटिएकाले घटना शंकास्पद रहेको उनले बताए । ‘दुई जना छोरी र आमा सँगै एउटै घरमा बस्ने रहेछन् । आमालाई सोधपुछ गर्दा केही बाेल्नुभएकाे छैन्’ (इन्सपेक्टर) बस्नेतले भने ।
घटना शंकास्पद देखिएकोले अहिले प्रहरीले आमा पुर्णिमा रानालाइ नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेकाे उनकाे भनाइ छ

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान