तुलसीपुरमा कपडा दानदराज सन्चालनमा

रिता केसी
तुलसीपुर २९ पुस ।तुलसीपुरमा कपडा दानदराज खुलेको छ ।
तुलसीपुर बसपाक जेसिस प्रतीक्षालय नजिक आर्थिक रूपले गरिब तथा विपन्न वर्गहरूका लागि निःशुल्क रूपमा कपडा दान गर्ने उद्देश्यले कपडा दान दराज खोलिएको हो।
समाजसेवी उपेन्द्र पौडेलको अगुवाइमा तथा रविन गेवालीको आर्थिक सहयोगमा कपडा दान दराज खोलिएको हो। कोही पनि गरिब दुःखी जाडोका कारणले कठाङ्गिन नपरोस् भनी हुने खाने वर्गले हुँदा खाने वर्गलाई सहयोग गर्नका लागि एउटा पुलको काम गरेको समाजसेवी उपेन्द्र पौडेलले बताउनुभयो ।

त्यस्तै सहयोगी दाता घोराही १५ का रबिन ज्ञवालीले कपडा दान गर्नु भनेको विशुद्ध समाजसेवा हो यस्तो कार्य गर्दा आफूलाई निकै खुसी भएको उहाँले बताउनुभयो।
त्यस्तै तुलसीपुरका भूपति चौधरीले दुईवटा पाइन्ट र जकेट लग्न पाएकोमा खुसी व्यक्त गर्दै बालबच्चा र श्रीमानका लागि लगिदिएको र आफ्ना लागि स्वीटर चाहिएकोमा स्विटर भने नपाइएको उहाँले बताउनुभयो।

त्यस्तै बम्बईका नजरमान्त दमाईले आफ्नो घरबार समेत नभएको र लगाउने कपडा अभाव भएका कारणले दानदराजबाट एउटा सुराल लग्न पाउँदा आफू आफू खुसी भएको बताउनुभयो।
त्यस्तै तुलसीपुर ७ नवलपुर दाङका कृष्ण आचार्यले बालबालिकादेखि महिलाले लगाउन मिल्ने समेतका १० जोर कपडा दान गर्न पाउँदा आफू निकै खुसी भएको उहाँले बताउनुभयो।

त्यस्तै तुलसीपुर ५ का सिद्धिविनायक फर्निचरका सञ्चालक शर्मिला केसीले घरमा कपडा धेरै भएकाले राख्न नै गाह्रो भएको बेला कपडा दान गर्न पाउँदा खुसी भएको उहाँले बताउनुभयो ।
त्यस्तै उक्त दानदराजमा बच्चादेखि वृद्धसम्मकाले आफूलाई चाहिने कपडाहरू रोजीरोजी लग्न सक्ने भएका छन्।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान