घोराहीमा अम्बिकेश्वरी शिक्षा सदन नयाँ व्यवस्थापनका साथ सञ्चालन प्रिन्सीपलमा डा. शैलेन्द्र गिरी चयन

घोराही ९ माघ । घोराहीमा अमेकेश्वरी शिक्षा सदन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ। घोराही १६ सर्रामा विद्यार्थीहरूलाई फरक तरिकाले शिक्षा प्रदान गर्नका लागि नयाँ पदाधिकारीहरू चयन गरिएको छ। नवनियुक्त प्रिन्सिपल डा. शैलेन्द्र गिरीको अध्यक्षतामा तथा प्याप्सन घोराही नगरका अध्यक्ष बालकृष्ण ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालयको प्रिन्सीपलमा डा.शैलेन्द्र गिरी नियुक्त भएका छन्।त्यस्तै विद्यालयका प्रबन्ध निर्देशकमा डा. भीमसेन गिरी नियुक्त भएका छन् भने विद्यालयको सञ्चालक समितिको प्रबन्धकमा रमेश गिरी नियुक्त भएका हुन्।
त्यस्तै विद्यालयको काउन्सिलरमा दुर्गाप्रसाद शर्मा , माध्यमिक तहको इन्चार्जमा विष्णुप्रसाद पोख्रेल, प्राथमिक तहको इन्चार्जमा बिमला चौधरी, पूर्व प्राथमिक तहको इन्चार्जमा बिन्दा जीएम नियुक्त भएका छन् ।
२०५३ सालमा स्थापना भएको यो विद्यालयमा करिब ३०० विद्यार्थीहरूले अध्ययन गरिरहेकोमा नर्सरीदेखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि बालकृष्ण ओलीले नवनियुक्त पदाधिकारीहरूको नाम घोषणा गर्दै अम्बकेश्वरी शिक्षा सदनलाई मोडेल विद्यालयको रूपमा स्थापना गर्नुपर्ने स्थापित गर्नुपर्ने बताए ।
त्यस्तै विद्यालयका नवनियुक्त प्रिन्सिपल डा शैलेन्द्र गिरीले विद्यार्थीहरूलाई चौतर्फी विकासका लागि हरेक क्रियाकलापमा सहभागी गराउने र व्यवसायिक सिपमा लगाउँदै व्यवहारिक शिक्षामा जोड दिने बताए यो विद्यालयलाई शिक्षा क्षेत्रमा अबल र उत्कृष्ट बनाउनका लागि नयाँ नेतृत्व आएको हुँदा अब विद्यालयले चाँडै मुहार फेर्ने उनको भनाइ छ ।
विद्यालयका सञ्चालक समितिका प्रबन्धक रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रबन्ध निर्देशक डा भीमसेन गिरीले गरेका थिए।

  • सम्बन्धित पोस्टहरू

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    दाङ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकाले देशका धेरै स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। विशेषगरी…

    थप पढ्नुहोस्

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 22 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 84 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 208 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 126 views
    आजकाे राशिफल ।