घोराहीमा अम्बिकेश्वरी शिक्षा सदन नयाँ व्यवस्थापनका साथ सञ्चालन प्रिन्सीपलमा डा. शैलेन्द्र गिरी चयन

घोराही ९ माघ । घोराहीमा अमेकेश्वरी शिक्षा सदन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ। घोराही १६ सर्रामा विद्यार्थीहरूलाई फरक तरिकाले शिक्षा प्रदान गर्नका लागि नयाँ पदाधिकारीहरू चयन गरिएको छ। नवनियुक्त प्रिन्सिपल डा. शैलेन्द्र गिरीको अध्यक्षतामा तथा प्याप्सन घोराही नगरका अध्यक्ष बालकृष्ण ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालयको प्रिन्सीपलमा डा.शैलेन्द्र गिरी नियुक्त भएका छन्।त्यस्तै विद्यालयका प्रबन्ध निर्देशकमा डा. भीमसेन गिरी नियुक्त भएका छन् भने विद्यालयको सञ्चालक समितिको प्रबन्धकमा रमेश गिरी नियुक्त भएका हुन्।
त्यस्तै विद्यालयको काउन्सिलरमा दुर्गाप्रसाद शर्मा , माध्यमिक तहको इन्चार्जमा विष्णुप्रसाद पोख्रेल, प्राथमिक तहको इन्चार्जमा बिमला चौधरी, पूर्व प्राथमिक तहको इन्चार्जमा बिन्दा जीएम नियुक्त भएका छन् ।
२०५३ सालमा स्थापना भएको यो विद्यालयमा करिब ३०० विद्यार्थीहरूले अध्ययन गरिरहेकोमा नर्सरीदेखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि बालकृष्ण ओलीले नवनियुक्त पदाधिकारीहरूको नाम घोषणा गर्दै अम्बकेश्वरी शिक्षा सदनलाई मोडेल विद्यालयको रूपमा स्थापना गर्नुपर्ने स्थापित गर्नुपर्ने बताए ।
त्यस्तै विद्यालयका नवनियुक्त प्रिन्सिपल डा शैलेन्द्र गिरीले विद्यार्थीहरूलाई चौतर्फी विकासका लागि हरेक क्रियाकलापमा सहभागी गराउने र व्यवसायिक सिपमा लगाउँदै व्यवहारिक शिक्षामा जोड दिने बताए यो विद्यालयलाई शिक्षा क्षेत्रमा अबल र उत्कृष्ट बनाउनका लागि नयाँ नेतृत्व आएको हुँदा अब विद्यालयले चाँडै मुहार फेर्ने उनको भनाइ छ ।
विद्यालयका सञ्चालक समितिका प्रबन्धक रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रबन्ध निर्देशक डा भीमसेन गिरीले गरेका थिए।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान