तुलसीपुर १३ माघ । तुलसीपुरमा रहेको राप्ती राप्ती बवइ क्याम्पसले आयोजना गरेको रक्तदान कार्यक्रममा आज २७ जनाले रक्तदान गरेका छन्। अस्पतालमा बिरामीहरूका लागि रगतको अभाव भएको सूचना पाएपछि परिपूर्ति गर्ने उद्देश्यले राप्ती बबइ क्याम्पसको आयोजनामा तथा रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा र लेखमणि खत्री लक्ष्मणको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा क्याम्पसका शिक्षक यमनाथ पौडेल र विद्यार्थी तुलसीराम भण्डारी जुनु जिसी सुरक्षा चौधरी सहित २६ जना विद्यार्थीहरूले रक्तदान गरेको कलेजमा मास्टर्स एमबिएस अध्ययनरत लेखमणि खत्री लक्ष्मणले पनि रक्तदान गरेका थिए।
क्याम्पसका क्याम्पस प्रमुख गणेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सूर्य शर्मा घनश्याम भण्डारी, शिशिर कुमार लामिछाने थडाई नेपाल तुलसीपुर दाङका अध्यक्ष बसन्त गिरी लगायत शिक्षकहरूको उपस्थिति रहेको थियो।










