
डिभाईन टेम्पल एकेडेमीकाे १६औं वार्षिक उत्सव सम्पन्न भएको छ। तुलसीपुर ६ रजौरामा अवस्थित डिभाईन टेम्पल एकेडेमीले स्थापना काे १६ औं वर्ष पुगेको अवसरमा एक भव समाराेहका बिच बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हाे ।
डिभाईन टेम्पल स्कुलका प्रिन्सिपल भाेजराज न्याैपानेकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियाे ।कार्यक्रममा बाेल्दै भाेजराथ न्याेपानेले विद्यार्थीलाई वर्तमान समयमा प्रविधिसंग लड्ने सक्ने क्षमता अभिवृद्धि गराउने जस्ता महत्त्वपूर्ण विचार राख्नुभएको थियाे ।
त्यस्तै प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री डिल्ली बहादुर चाैधरि रहनुभएकाे थियाे ।उहाले कार्यक्रममा बाेल्दै , शिक्षालाई १२ सकेपछि बैदेशिक पलायन बनाउने भन्दा पनि शिक्षालाई स्वदेशमै टिक्ने सक्ने शिक्षा दिन अहिलेकाे समयमा अति आवश्यक देखिन्छ भन्ने गहकिला बिचार राख्नुभएको थियाे । त्यसैगरि विशिष्ट अतिथिकाे रूपमा उघाेग बाणिज्य संघ दाङका अध्यक्ष विनिल केसि रहनुभएकाे थियो । त्यस्तै अतिथिकाे रूपमा तुलसीपुर ६ का वडा अध्यक्ष दुजमान भण्डारी ,गाेरखा माध्यमिक बिद्यालयका प्रिन्सिपल पूर्ण बिक्रम रहनुभएकाे थियाे ।
उक्त कार्यक्रममा अभिभावक , बिद्यार्थी र अन्य बुद्धिजीवीहरूकाे उल्लेख्य सहभागीता रहेको थियाे ।
कार्यक्रममा विभिन्न संस्कृति झल्किने नृत्य तथा सांगितिक प्रस्तुतीसमेत राखिएको थियो। बिद्यार्थीहरूले विभिन्न किसिमका बिज्ञान प्रदर्शनी पनि देखाउनु भएको थियाे । बिद्यालयले राष्ट्रिय दाेहाेरि गायिका राधिका हमाललाई अतिथिकाे रूपमा बाेलाएकाे थियाे ।
उहाले बिद्यार्थी तथा अभिभावकहरूलाइ आफ्नो गितबाट भरपूर मनाेरञ्जन दिनुभएको थियाे । शिक्षिका माधवा शर्मा पाेख्ररेल काे स्वागत मन्त्वयबाट सुरूवात भएको कार्यक्रम , कार्यक्रम अध्यक्ष भाेजराज न्याैपानेले समापन गर्नुभएको थियाे । कार्यक्रमकाे सञ्चालन सहायक प्रन्सिपल महेश लामिछाने गर्नुभएको थियाे ।


