डिभाईन टेम्पल एकेडेमीकाे १६औं वार्षिक उत्सव सम्पन्न ।

डिभाईन टेम्पल एकेडेमीकाे १६औं वार्षिक उत्सव सम्पन्न भएको छ। तुलसीपुर ६ रजौरामा अवस्थित डिभाईन टेम्पल एकेडेमीले स्थापना काे १६ औं वर्ष पुगेको अवसरमा एक भव समाराेहका बिच बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हाे ।

डिभाईन टेम्पल स्कुलका प्रिन्सिपल भाेजराज न्याैपानेकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियाे ।कार्यक्रममा बाेल्दै भाेजराथ न्याेपानेले विद्यार्थीलाई वर्तमान समयमा प्रविधिसंग लड्ने सक्ने क्षमता अभिवृद्धि गराउने जस्ता महत्त्वपूर्ण विचार राख्नुभएको थियाे ।

त्यस्तै प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री डिल्ली बहादुर चाैधरि रहनुभएकाे थियाे ।उहाले कार्यक्रममा बाेल्दै , शिक्षालाई १२ सकेपछि बैदेशिक पलायन बनाउने भन्दा पनि शिक्षालाई स्वदेशमै टिक्ने सक्ने शिक्षा दिन अहिलेकाे समयमा अति आवश्यक देखिन्छ भन्ने गहकिला बिचार राख्नुभएको थियाे । त्यसैगरि विशिष्ट अतिथिकाे रूपमा उघाेग बाणिज्य संघ दाङका अध्यक्ष विनिल केसि रहनुभएकाे थियो । त्यस्तै अतिथिकाे रूपमा तुलसीपुर ६ का वडा अध्यक्ष दुजमान भण्डारी ,गाेरखा माध्यमिक बिद्यालयका प्रिन्सिपल पूर्ण बिक्रम रहनुभएकाे थियाे ।

उक्त कार्यक्रममा अभिभावक , बिद्यार्थी र अन्य बुद्धिजीवीहरूकाे उल्लेख्य सहभागीता रहेको थियाे ।

कार्यक्रममा विभिन्न संस्कृति झल्किने नृत्य तथा सांगितिक प्रस्तुतीसमेत राखिएको थियो। बिद्यार्थीहरूले विभिन्न किसिमका बिज्ञान प्रदर्शनी पनि देखाउनु भएको थियाे । बिद्यालयले राष्ट्रिय दाेहाेरि गायिका राधिका हमाललाई अतिथिकाे रूपमा बाेलाएकाे थियाे ।

उहाले बिद्यार्थी तथा अभिभावकहरूलाइ आफ्नो गितबाट भरपूर मनाेरञ्जन दिनुभएको थियाे । शिक्षिका माधवा शर्मा पाेख्ररेल काे स्वागत मन्त्वयबाट सुरूवात भएको कार्यक्रम , कार्यक्रम अध्यक्ष भाेजराज न्याैपानेले समापन गर्नुभएको थियाे । कार्यक्रमकाे सञ्चालन सहायक प्रन्सिपल महेश लामिछाने गर्नुभएको थियाे ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान