महोत्सवमा पशुपति शर्मा र हाउडे मायाले दर्शकलाइ छमछमी नचाए ।

तुलसीपुर, ९ फागुन ।
दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव सञ्चालन भइरहेको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सवको आज नवौँ दिनमा शुक्रबार चर्चित लोकदोहोरी गायक पशुपति शर्मा , सिर्जना खत्री ” हाउडे माया” लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए।

महोत्सवमा गायक पशुपति शर्माले धमाकेदार प्रस्तुति दिएका छन्। चर्चित लोकगायक शर्माले “मुटुमै खिल बस्यो,” “मलाइ अमेरिका यही,” लगायतका लोकप्रिय गीत प्रस्तुत गर्दा माहोल झन् रोमाञ्चक बनेको थियो।

उनको प्रस्तुतिसँगै उपस्थित हजारौँ दर्शक उत्साहित बनेका थिए। शर्माले गीत गाउँदा दर्शकहरू सँगसँगै नाच्दै रमाइलो गरेका थिए।

यसैबीच, महोत्सवको सांस्कृतिक संयोजक सन्तोष खड्काले भोलि (शनिबार) दशौं दिनका लागि चर्चित गायक चक्र बमसहित अन्य कलाकारहरू आउने जानकारी दिएका छन्।

तुलसीपुरमा जारी यो महोत्सवले व्यापार प्रवर्द्धनका साथै स्थानीयवासीहरूलाई मनोरञ्जन प्रदान गर्दै आएको छ। आयोजकले बाँकी दिनहरूमा पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने जानकारी दिएको छ।

महोत्सवका प्रत्येक दिन दर्शकहरूको उपस्थितिमा वृद्धि भइरहेको छ। स्थानीय व्यवसाय प्रवर्द्धन गर्दै मनोरञ्जनात्मक कार्यक्रमहरूसमेत समेटिएको महोत्सवमा विभिन्न स्टलहरू राखिएका छन्। आयोजकका अनुसार महोत्सवले तुलसीपुर र आसपासका क्षेत्रका नागरिकहरूलाई व्यापार प्रवर्द्धन, र सांस्कृतिक गतिविधिमा संलग्न गराएको छ।

महोत्सवको मुख्य आकर्षणको रूपमा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति, स्थानीय तथा परम्परागत संस्कृतिको झल्को दिने कार्यक्रमहरू, कृषि तथा औद्योगिक प्रविधि प्रदर्शनी, र विविध मनोरञ्जनात्मक गतिविधिहरू रहेका छन्। आयोजकहरूका अनुसार महोत्सवमा थप चर्चित कलाकारहरूको प्रस्तुति हुने कार्यक्रम तय गरिएको छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान