महोत्सवमा पशुपति शर्मा र हाउडे मायाले दर्शकलाइ छमछमी नचाए ।

तुलसीपुर, ९ फागुन ।
दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव सञ्चालन भइरहेको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सवको आज नवौँ दिनमा शुक्रबार चर्चित लोकदोहोरी गायक पशुपति शर्मा , सिर्जना खत्री ” हाउडे माया” लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए।

महोत्सवमा गायक पशुपति शर्माले धमाकेदार प्रस्तुति दिएका छन्। चर्चित लोकगायक शर्माले “मुटुमै खिल बस्यो,” “मलाइ अमेरिका यही,” लगायतका लोकप्रिय गीत प्रस्तुत गर्दा माहोल झन् रोमाञ्चक बनेको थियो।

उनको प्रस्तुतिसँगै उपस्थित हजारौँ दर्शक उत्साहित बनेका थिए। शर्माले गीत गाउँदा दर्शकहरू सँगसँगै नाच्दै रमाइलो गरेका थिए।

यसैबीच, महोत्सवको सांस्कृतिक संयोजक सन्तोष खड्काले भोलि (शनिबार) दशौं दिनका लागि चर्चित गायक चक्र बमसहित अन्य कलाकारहरू आउने जानकारी दिएका छन्।

तुलसीपुरमा जारी यो महोत्सवले व्यापार प्रवर्द्धनका साथै स्थानीयवासीहरूलाई मनोरञ्जन प्रदान गर्दै आएको छ। आयोजकले बाँकी दिनहरूमा पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने जानकारी दिएको छ।

महोत्सवका प्रत्येक दिन दर्शकहरूको उपस्थितिमा वृद्धि भइरहेको छ। स्थानीय व्यवसाय प्रवर्द्धन गर्दै मनोरञ्जनात्मक कार्यक्रमहरूसमेत समेटिएको महोत्सवमा विभिन्न स्टलहरू राखिएका छन्। आयोजकका अनुसार महोत्सवले तुलसीपुर र आसपासका क्षेत्रका नागरिकहरूलाई व्यापार प्रवर्द्धन, र सांस्कृतिक गतिविधिमा संलग्न गराएको छ।

महोत्सवको मुख्य आकर्षणको रूपमा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति, स्थानीय तथा परम्परागत संस्कृतिको झल्को दिने कार्यक्रमहरू, कृषि तथा औद्योगिक प्रविधि प्रदर्शनी, र विविध मनोरञ्जनात्मक गतिविधिहरू रहेका छन्। आयोजकहरूका अनुसार महोत्सवमा थप चर्चित कलाकारहरूको प्रस्तुति हुने कार्यक्रम तय गरिएको छ।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    आजकाे राशिफल ।।

    मेष -आजको दिन तपाईंको आत्मबलमा वृद्धि हुनेछ। हरेक कार्यमा उत्साह र आत्मविश्वासले तपाईंलाई अघि बढाउनेछ। जित्ने जोश बढ्नेछ। वृष -आज तपाईंको मनमा शान्ति रहनेछ। काम गर्दा ध्यान र समर्पणले काम…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।