तुलसीपुर महोत्सवमा चक्र बम र सम्झना भण्डारीको दमदार प्रस्तुति ।

दाङ, १० फागुन ।
तुलसीपुर महोत्सवमा शनिबार चर्चित गायक चक्र बम र गायिका सम्झना भण्डारीको दमदार प्रस्तुतिमा दर्शकहरु झुमेका छन् । शनिबारको महोत्सवमा दर्शकको उपस्थिति उल्लेख्य रहेको थियो ।

दर्शकले खचाखच भरिएको महोत्सवमा लोकप्रिय कलाकारहरूले आफ्नो हिट गीत गाउँ रौनकता छाएको थियो । चक्र बमले ‘ओय काजल’ लगायतका गीतहरू गाएर माहोल तताउनुभयो भने सम्झना भण्डारीले ‘घाँसै काट्यो खोलि दोभान’ जस्ता गीत प्रस्तुत गरी दर्शकलाई नचाउनुभयो । यस्तै हाँस्य कलाकार कमल गाउले, गायक रोशन रतगैया, टंक खड्का, दीपक वली तथा नृत्यांगना आरुसी मगर रोशन रत्गैँया, रजिना परियार लगायतको प्रस्तुति रहेको थियो ।

साँझ परिसक्दा समेत कार्यक्रम अवधिभर दर्शकहरूको उत्साहजनक सहभागीता रहेको थियो । महोत्सवमा भोलि चर्चित गायिक शान्ति श्री परियार, अर्जुन सापकोटा, कुल बहादुर वली आउने साँस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो । ‘महोत्सवमा शनिबार पनि दर्शकको उल्लेख्य सहभागीता रह्यो ।’ उहाँले भन्नुभयो–‘आइतबार पनि चर्चित कलाकारको प्रस्तुति रहनेछ, त्यसकारण दर्शकको संख्यामा कमी आउने छैन ।’

तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा जारी महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहँदै आएको छ । महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ महोत्सव सुरु भएको हो ।

महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवद्र्धन गर्न सबैमा आग्रह गर्नुभएको छ ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान