आज तुलसीपुर महोत्सवमा ज्योति मगर आउँदै

दाङ, १४ फागुन ।
तुलसीपुरमा जारी ‘दोस्रो तुलसीपुर महोत्सव’ मा आज १४ औँ दिनमा चर्चित गायिका तथा मोडल ज्योति मगर आउनुहुने भएको छ । ज्योतिको प्रस्तुतिमा आज महोल रोमाञ्चक बन्ने देखिएको छ ।

महोत्सवमा आज दर्शकको संख्या पनि खचाखच हुने अनुमान गरिएको छ । साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार आज चर्चित गायिका ज्योतिमगरसंगै चर्चित गायक टंक तिमिल्सीनाको पनि धमकेदार प्रस्तुति रहने भएको छ ।

यस्तै गायिका सपना रोका , पार्वती चौधरी, गायक प्रकाश रेग्मी, दिपक वली लगायतको प्रस्तुति रहने भएको छ ।

जारी महोत्सवले व्यापार प्रवद्र्धनका साथै स्थानीयवासीहरूलाई मनोरञ्जन प्रदान गर्दै आएको छ । महोत्सवका प्रत्येक दिन दर्शकहरूको उपस्थिति उल्लेख्य हुने गरेको महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले जानकारी दिनुभयो ।
तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेदेखि शुरु भएको महोत्सव १६ गतेसम्म संचालन हुनेछ । संयोजक भण्डारीले महोत्सव आजसहित तीनदिन मात्रै बाँकी रहेकोले सहभागीताका लागि सम्पूर्णमा अनुरोध समेत गर्नुभएको छ ।

महोत्सवको मुख्य आकर्षणको रूपमा कलाकारहरूको प्रस्तुति, स्थानीय तथा परम्परागत संस्कृतिको झल्को दिने कार्यक्रमहरू, कृषि तथा औद्योगिक प्रविधि प्रदर्शनी र विविध मनोरञ्जनात्मक गतिविधिहरू रहेका छन् ।

  • सम्बन्धित पोस्टहरू

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    दाङ, १३ पुस ।दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सवमा’ दिनप्रतिदिन रौनकता थपिदै गएको छ । महोत्सव अवलोकनका दैनिक हजारौँको संख्यामा सहभागी हुने गरेको छ । ‘स्थानीय वस्तुको प्रवद्र्धन गरौँ, औद्योगिक…

    थप पढ्नुहोस्

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    घोराही, ६ पुस । घोराही – १६ सानीअम्बापुरस्थित राप्ती इन्जिनियरिङ कलेजमा विद्यार्थी लक्षित एक महत्त्वपूर्ण तथा समसामयिक प्यानल डिस्कसन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। राप्ती इन्जिनियरिङ कलेजको आईटी क्लबको आयोजनामा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु र ८ जना घाइते

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु र ८ जना घाइते

    जय जीव दर्शनका द्रष्टा उपेन्द्र पौडेल भारत प्रस्थान ।

    जय जीव दर्शनका द्रष्टा उपेन्द्र पौडेल भारत प्रस्थान ।

    डडेल्धुराबाट काठमाडौंतर्फ जाँदै गरेकाे ना ८ ख ७४५५ नम्बरको यात्रुबस आज बिहान दाङकाे लमहीमा दुर्घटनामा ।

    डडेल्धुराबाट काठमाडौंतर्फ जाँदै गरेकाे ना ८ ख ७४५५ नम्बरको यात्रुबस आज बिहान दाङकाे लमहीमा दुर्घटनामा ।