आज तुलसीपुर महोत्सवमा ज्योति मगर आउँदै

दाङ, १४ फागुन ।
तुलसीपुरमा जारी ‘दोस्रो तुलसीपुर महोत्सव’ मा आज १४ औँ दिनमा चर्चित गायिका तथा मोडल ज्योति मगर आउनुहुने भएको छ । ज्योतिको प्रस्तुतिमा आज महोल रोमाञ्चक बन्ने देखिएको छ ।

महोत्सवमा आज दर्शकको संख्या पनि खचाखच हुने अनुमान गरिएको छ । साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार आज चर्चित गायिका ज्योतिमगरसंगै चर्चित गायक टंक तिमिल्सीनाको पनि धमकेदार प्रस्तुति रहने भएको छ ।

यस्तै गायिका सपना रोका , पार्वती चौधरी, गायक प्रकाश रेग्मी, दिपक वली लगायतको प्रस्तुति रहने भएको छ ।

जारी महोत्सवले व्यापार प्रवद्र्धनका साथै स्थानीयवासीहरूलाई मनोरञ्जन प्रदान गर्दै आएको छ । महोत्सवका प्रत्येक दिन दर्शकहरूको उपस्थिति उल्लेख्य हुने गरेको महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले जानकारी दिनुभयो ।
तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेदेखि शुरु भएको महोत्सव १६ गतेसम्म संचालन हुनेछ । संयोजक भण्डारीले महोत्सव आजसहित तीनदिन मात्रै बाँकी रहेकोले सहभागीताका लागि सम्पूर्णमा अनुरोध समेत गर्नुभएको छ ।

महोत्सवको मुख्य आकर्षणको रूपमा कलाकारहरूको प्रस्तुति, स्थानीय तथा परम्परागत संस्कृतिको झल्को दिने कार्यक्रमहरू, कृषि तथा औद्योगिक प्रविधि प्रदर्शनी र विविध मनोरञ्जनात्मक गतिविधिहरू रहेका छन् ।

  • सम्बन्धित पोस्टहरू

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    तुलसीपुर ५, जेठ । तुल्सिपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा, बेलघारी टोल विकास संस्था तथा स्थानीय जनप्रतिनिधिकाे सक्रिय सहयोगमा, तुल्सिपुर–घोराही सडकखण्डअन्तर्गत पर्ने हिमन्तपुरको सग्राम खोलाको पुलमा रहेको डिभाइडर मर्मत गरिएको छ।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 59 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 84 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 206 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 124 views
    आजकाे राशिफल ।

    नेपाल आयल निगमले मूल्य घटायो, तर पेट्रोल खोज्दै सर्वसाधारण लाइनमा”

    • By rita kc
    • ३ जेष्ठ २०८२, शुक्रबार ०६:२८
    • 100 views
    नेपाल आयल निगमले मूल्य घटायो, तर पेट्रोल खोज्दै सर्वसाधारण लाइनमा”