अनु चौधरी र गोपाल नेपाल जिएमको प्रस्तुतिमा रमाए दर्शक

  • rita kcrita kc
  • अपराध
  • १५ फाल्गुन २०८१, बिहीबार १४:०२
  • 0 Comments

दाङ, १५ फागुन । तुलसीपुर महोत्सवमा आज १५ औँ दिन चर्चित गायिका अनु चौधरी र गायक गोपाल नेपाल जिएमको प्रस्तुतिमा दर्शकहरु रमाएका छन् । दर्शकको खचाखच उपस्थितिमा कलाहरूले प्रस्तुति दिँदा माहोल निकै उत्साहजनक बनेको थियो ।

गायिका चौधरीले ‘सैया’, ‘लजालु’, ‘पाउ के पावल’ लगायतका गित प्रस्तुत गर्दा महोल निकै रोमाञ्चक बनेको थियो । यस्तै चर्चित गायक जिएमले ‘आइएममी गर २/४ हजार’, ‘मेरो माया उल्का भो’ लगायतका गित प्रस्तुत गर्नुभएको थियो । महोत्सवमा आज पनि दर्शकको निकै उत्साहजनक सहभागीता रहेको थियो ।

भोलि पनि चर्चित गायक कृष्ण रेउले लगायतका कलाकार आउने सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा भइरहेको महोत्सवमा व्यापारिक स्टल, कृषि प्रदर्शनी, बालउद्यान, सांस्कृतिक कार्यक्रम भइरहेका छन् ।

महोत्सव मूल आयोजक समितिका संयोजक अध्यक्ष ऋषिराज भण्डारीले स्थानीय वस्तुको बजारीकरण र कला संस्कृतिको संरक्षणमा महोत्सवले ठुलो भूमिका खेलिरहेको बताउनुभयो ।

  • सम्बन्धित पोस्टहरू

    तुलसीपुरमा मापसेपछि मोटरसाइकल दुर्घटना, एक गम्भीर घाइते ।

    तुलसीपुर ३१, बैशाख । तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी खाद्रे सडकखण्डको बोगटीमा मंगलबार राति एक मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। तुलसीपुरबाट खाद्रे जाँदै गरेको प्रदेश ३–०२–००८ प ३०३४ नम्बरको…

    थप पढ्नुहोस्

    घोराहीमा दुई जनाबाट लागुऔषध बरामद, अनुसन्धान जारी …

    दाङ, २९ वैशाख घोराही उपमहानगरपालिका क्षेत्रबाट प्रहरीले दुई फरक घटनामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पहिलो घटना घोराही-१४, मिलनचोकमा भएको हो। संकास्पद अवस्थामा हिँडिरहेका २३ वर्षीय विशाल बुढा मगरलाई…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 34 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 86 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 208 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 126 views
    आजकाे राशिफल ।