दाङको सांग्रिला प्लाई उद्योगमा डरलाग्दो आगलागी: १२ घण्टासम्म नियन्त्रण बाहिर

घाेराही १२ चैत ।

दाङको घोराही उपमहानगरपालिका–९ खैरा स्थित सांग्रिला प्लाई उद्योगमा सोमबार राति करिब १ बजे अचानक भिषण आगलागी भएको छ। आगो लागेको १२ घण्टा बितिसक्दा पनि पूरै नियन्त्रणमा आउन नसकेको स्थानीय प्रशासनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आगो निभाउने प्रयास जारी छ। दाङका प्रमुख शहरहरू घोराही, तुलसीपुर, लमहीसहित बर्दियाको बाँसगढी, बाँकेको कोहलपुर, कपिलबस्तुको शिवराज, रुपन्देही लगायतका ठाउँहरूबाट सात वटा दमकल झिकाइएको छ।

उद्योगमा ठूलो परिमाणमा प्लाईउडका सामग्रीहरू रहेका कारण आगो नियन्त्रणमा अप्ठ्यारो परेको छ। आगलागीको कारण अझै स्पष्ट नभए पनि प्रारम्भिक अनुमानअनुसार करोडौंको क्षति भएको अनुमान गरिएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र स्थानीय बासिन्दाहरू आगो नियन्त्रणमा जुटिरहेका छन्। सात विघा क्षेत्रफलमा फैलिएको यस उद्योगमा करिब ५०० जना कर्मचारी कार्यरत रहेको जानकारी गराइएको छ।

भाग्यवश, हालसम्म मानविय क्षति नभएको पुष्टि भएको छ। उद्योगका अधिकांश कर्मचारी आइतबार विदामा भएकाले आगलागीको समयमा उद्योगभित्र कोही नभएकोले ठूलो जनधनको क्षति टरेको मानिएको छ।

स्थानीय प्रशासनले आगलागी नियन्त्रणमा लिन अझै केही समय लाग्न सक्ने अनुमान गरेको छ। घटनास्थलमा थप सुरक्षाकर्मी र उद्धार टोली खटाइएको छ भने आगलागीको वास्तविक कारण र क्षतिको विवरण संकलन भइरहेको छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान