दाङको सांग्रिला प्लाई उद्योगमा डरलाग्दो आगलागी: १२ घण्टासम्म नियन्त्रण बाहिर

घाेराही १२ चैत ।

दाङको घोराही उपमहानगरपालिका–९ खैरा स्थित सांग्रिला प्लाई उद्योगमा सोमबार राति करिब १ बजे अचानक भिषण आगलागी भएको छ। आगो लागेको १२ घण्टा बितिसक्दा पनि पूरै नियन्त्रणमा आउन नसकेको स्थानीय प्रशासनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आगो निभाउने प्रयास जारी छ। दाङका प्रमुख शहरहरू घोराही, तुलसीपुर, लमहीसहित बर्दियाको बाँसगढी, बाँकेको कोहलपुर, कपिलबस्तुको शिवराज, रुपन्देही लगायतका ठाउँहरूबाट सात वटा दमकल झिकाइएको छ।

उद्योगमा ठूलो परिमाणमा प्लाईउडका सामग्रीहरू रहेका कारण आगो नियन्त्रणमा अप्ठ्यारो परेको छ। आगलागीको कारण अझै स्पष्ट नभए पनि प्रारम्भिक अनुमानअनुसार करोडौंको क्षति भएको अनुमान गरिएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र स्थानीय बासिन्दाहरू आगो नियन्त्रणमा जुटिरहेका छन्। सात विघा क्षेत्रफलमा फैलिएको यस उद्योगमा करिब ५०० जना कर्मचारी कार्यरत रहेको जानकारी गराइएको छ।

भाग्यवश, हालसम्म मानविय क्षति नभएको पुष्टि भएको छ। उद्योगका अधिकांश कर्मचारी आइतबार विदामा भएकाले आगलागीको समयमा उद्योगभित्र कोही नभएकोले ठूलो जनधनको क्षति टरेको मानिएको छ।

स्थानीय प्रशासनले आगलागी नियन्त्रणमा लिन अझै केही समय लाग्न सक्ने अनुमान गरेको छ। घटनास्थलमा थप सुरक्षाकर्मी र उद्धार टोली खटाइएको छ भने आगलागीको वास्तविक कारण र क्षतिको विवरण संकलन भइरहेको छ।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    आजकाे राशिफल ।।

    मेष -आजको दिन तपाईंको आत्मबलमा वृद्धि हुनेछ। हरेक कार्यमा उत्साह र आत्मविश्वासले तपाईंलाई अघि बढाउनेछ। जित्ने जोश बढ्नेछ। वृष -आज तपाईंको मनमा शान्ति रहनेछ। काम गर्दा ध्यान र समर्पणले काम…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।