मोरङ, बैतडी र सप्तरी जिल्लामा भएका फरक–फरक सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु ।।

काठमाडौँ, २३ चैत ।

मोरङ, बैतडी र सप्तरी जिल्लामा भएका फरक–फरक सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ।

मोरङ – रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा चालक सोम टुडु (४२) र उनकी श्रीमती वामनी हेमरम (३५) को ज्यान गएको हो। रंगेली अस्पतालमा उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

बैतडी – दशरथचन्द नगरपालिका–११ मा बोलेरो जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका–५ का ५४ वर्षीय चंचले दयालको मृत्यु भएको छ। उनलाई गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल लगिएको थियो, तर उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको छ।

सप्तरी– बोदेबर्साइन नगरपालिका–५ मा मोटरसाइकल दुर्घटनामा परी डाक्नेश्वरी नगरपालिका–५ का ३१ वर्षीय ओम प्रकाश चौधरीको मृत्यु भएको छ। गम्भीर घाइते उनलाई जीवन ज्योति अस्पतालमा लगिएको थियो, जहाँ उपचारको क्रममा उनको ज्यान गएको हो। मोटरसाइकलमा सवार अर्का व्यक्ति घाइते छन् र अस्पतालमै उपचार भइरहेको छ।

तीनै घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    आजकाे राशिफल ।।

    मेष -आजको दिन तपाईंको आत्मबलमा वृद्धि हुनेछ। हरेक कार्यमा उत्साह र आत्मविश्वासले तपाईंलाई अघि बढाउनेछ। जित्ने जोश बढ्नेछ। वृष -आज तपाईंको मनमा शान्ति रहनेछ। काम गर्दा ध्यान र समर्पणले काम…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।