मोरङ, बैतडी र सप्तरी जिल्लामा भएका फरक–फरक सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु ।।

काठमाडौँ, २३ चैत ।

मोरङ, बैतडी र सप्तरी जिल्लामा भएका फरक–फरक सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ।

मोरङ – रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा चालक सोम टुडु (४२) र उनकी श्रीमती वामनी हेमरम (३५) को ज्यान गएको हो। रंगेली अस्पतालमा उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

बैतडी – दशरथचन्द नगरपालिका–११ मा बोलेरो जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका–५ का ५४ वर्षीय चंचले दयालको मृत्यु भएको छ। उनलाई गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल लगिएको थियो, तर उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको छ।

सप्तरी– बोदेबर्साइन नगरपालिका–५ मा मोटरसाइकल दुर्घटनामा परी डाक्नेश्वरी नगरपालिका–५ का ३१ वर्षीय ओम प्रकाश चौधरीको मृत्यु भएको छ। गम्भीर घाइते उनलाई जीवन ज्योति अस्पतालमा लगिएको थियो, जहाँ उपचारको क्रममा उनको ज्यान गएको हो। मोटरसाइकलमा सवार अर्का व्यक्ति घाइते छन् र अस्पतालमै उपचार भइरहेको छ।

तीनै घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान