राप्ती नदीमा भेटियो ५५ वर्षीय पुरुषको शव, बालबालिकाले देखेपछि भयो खुलासा ।।

दाङ, २६ चैत ।

दाङको राप्ती गाउँपालिका–१, भालुवाङस्थित राप्ती नदीमा एक पुरुषको शव फेला परेको छ। हिजाे सोमबार बिहान १० बजेतिर नदीमा नुहाउन गएका बालबालिकाले शव देखेपछि घटनाको खुलासा भएको हो।

शव देखेपछि बालबालिकाले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय भालुवाङ र स्थानीयको सहयोगमा शव नदीबाट निकालिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शव पूर्वी नवलपरासीका ५५ वर्षीय गंगाप्रसाद रिमालको भएको प्रारम्भिक अनुमान गरिएको छ।

हाल शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

  • सम्बन्धित पोस्टहरू

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    घाेराही, १५ माघ । राप्ती इञ्जिनियरिङ कलेज घोराहीमा   विशेष कार्यक्रमको आयोजना गरी कलेजका संस्थापक अध्यक्ष, पूर्व प्रिन्सिपल तथा हाल संचालक समिति अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीलाई सम्मान…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने