
दाङ, २६ चैत ।
दाङको राप्ती गाउँपालिका–१, भालुवाङस्थित राप्ती नदीमा एक पुरुषको शव फेला परेको छ। हिजाे सोमबार बिहान १० बजेतिर नदीमा नुहाउन गएका बालबालिकाले शव देखेपछि घटनाको खुलासा भएको हो।
शव देखेपछि बालबालिकाले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय भालुवाङ र स्थानीयको सहयोगमा शव नदीबाट निकालिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शव पूर्वी नवलपरासीका ५५ वर्षीय गंगाप्रसाद रिमालको भएको प्रारम्भिक अनुमान गरिएको छ।
हाल शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।