दाङको फुलवारीमा सर्पको डसाइबाट २२ महिनाका बालकको मृत्यु ।

तुलसीपुर, ३० असार ।

दाङको तुलसीपुर –१३ रनियापुरमा सर्पले डसेर एक २२ महिनाका बालकको ज्यान गएको छ।

स्थानीय नुरज परियारका २२ महिनाका छोरा एनिस परियार सोमबार साँझ करिब ४:१५ बजे आफ्नै घरभित्र खेलिरहेको बेला अज्ञात प्रजातिको सर्पले बायाँ हातको हत्केलाको पछाडि भागमा डसेको प्रहरीले जानकारी दिएको छ।

सर्पको डसाइपछि बालकलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिएको थियो। अस्पतालमा उपचारको क्रममा साँझ ५:२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाको समयमा बालककी आमा अनिता परियार जंगलमा च्याउ खोज्न गएको बताइएको छ। अस्पतालमा बालकको हजुरबुवा श्याम नेपालीको उपस्थिति रहेको थिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय फुलवारीबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) रामसिंह धामीको कमाण्डमा दुई जना प्रहरीको टोली खटिएको थियो। बालकको शव हाल राप्ती प्रादेशिक अस्पतालमै राखिएको छ।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान