राजपुरको न्याउपाने नाकाको गाउँमा आकाशे पानीकै भरमा बाली उत्पादन

असोज,१० गते
सागर रोका

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर-७ स्थित न्याउपाने गाउँमा जग्गा जमिन भएर पनि उपभोग गर्नका लागि पानी सिचाइको व्यवस्था नहुँदा त्यहाँ बसोबास गर्ने मानिसहरुले ईन्डियाको खाद्यान्न प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ ।

त्यहाँका मानिसहरुले आकाशे पानीको आस र भरमा मकै,गहुँ,लगायत अन्य बाली लगाउने गर्छन भने त्यसैमा धेरै जसो जंगली जनावरहरुले नोक्सानी गर्ने गर्दछ्न । वरिपरिबाट जङ्गलको घेराभित्र पर्ने न्याउपानेको गाउँमा आकाशे पानीबाट उत्पादन भएको खाद्यान्न बाली ६ महिनासम्म पनि नपुग्ने भएकाले प्राय जसो गाउँ नजिकै रहेको सिमगजमरी टोलमा आफुले सकेको मजदुर गरेर घरपरिवारको जीविकोपार्जन गर्दै आएको स्थानीय बासी करण बुढाले जानकारी दिए ।

घरमा काम गर्न सक्ने खालका छोराछोरी घरपरिवारको अवस्था कम्जोर भएको कारणले गर्दा ईन्डियाको हिमाचल,चण्डीगढ,केरला,डिल्ली, लगायत अन्य ठाउँमा मजदुर गरेर पैसा कमाउने उदेश्य बोकेर धेरै जसो त ईन्डिया तिर जाने गरेको पाइन्छ । नजिकिदै गरेको दशै,तिहार मनाउनलाई र घर परिवारलाई भेट्ने मौका पारेर नेपाल आउने त्यसपछि फेरि पैसा कमाउन र मजदुर गर्न ईन्डिया फर्किने गर्दछ्न । नाकामा बसोबास गर्न लागेको करिब ४१/४२ सालदेखि गाइ,बाख्रा पालन गर्दै गर्दा त्यस ठाउँमा बस्ती बसोबास गर्ने क्रम बर्दै आएको स्थानीय मनिराम चौधरीले बताए ।

यति मात्रै नभएर त्यो गाउँमा करिब १०/१२ घरधुरी रहेका छन भने खानेपानीको लागी धेरै पहिले नै गाउँ टोलका सबै मिलेर बनाएको एउटा कुँवा छ त्यसैबाट सबैले खानेपानी प्रयोग गर्दै आएका छन् । त्यसैगरेर न्याउपाने गाउँमा खानेपानीको कुँवा पहिलेको भन्दा अहिले मुहान सुक्दै गएका कारण त्यहाँका मानिसहरु चिन्तितमा देखिएका छन । त्यस गाउँमा खानेपानी कुँवा मर्मतको लागि भनेर गत वर्ष १/२ लाख राजपुर गाउँपालिकाले बजेट पारित गरिदिएको थियोे । बजेटलाई सदुपयोग गर्नको लागि त्यस गाउँमा बसोबास गर्ने युवा,युवतीहरु नहुँदा र अशक्त बुढा,बुढिहरु आफ्नो गाउँ,ठाउँबाट हिडेर वडा गाउँपालिकासम्म पुग्न नसक्ने भएकाले त्यहाँको बजेट अस्तव्यस्त भएको हो ।

त्यस्तै प्राय जसो त्यहाँ बसोबास गर्ने मानिसहरुको आफुलाई परिचीत बनाउने नेपाली नागरिता समेत छैनन । त्यसैले गर्दा पनि त्यहाँ बसोबास गर्ने मानिसहरुको जनजीवन कष्टकर बन्दै गएको छ । त्यस गाउँका स-साना भाइबहिनीहरु पढ्नको लागि त्यस गाउँबाट अनेन्त्र जाने गर्दछ्न त्यसैमा पनि १/२ घण्टाको गोरेटो बाटो हुँदै सिमगजमरी नाकाको नजप्रीय प्रा.वि विद्यालयमा पढ्न बाध्य रहेका छन । कहिले त विद्यालय पढ्न जान्छन त कहिले आमा- बुवाहरुसंग लागेर अरुको काम गर्न रहर भन्दा बाध्यता धेरै रहेको पाइन्छ । सधै पढ्न विद्यालय मात्रै जाने हो भने घरमा खानको लागि खाद्यान्न हुँदैन । त्यसैले कहिले विद्यालय जान्छन त अहिले अरुको काम गर्न रहर भन्दा बाध्यता रहेको त्यो गाउँको रहस्यमय कथा रहेको छ । यति मात्रै नभएर स्थानीय सरोकारवालाको पनि त्यो गाउँ,ठाउँमा कहिलै पनि पुगेर त्यहाँका स्थानीय बसोबास गर्ने मानिसहरुको गुनासो सुन्ने र भेटघाट कहिलै नभएको स्थानीय बासिन्दा शेर बहादुर वि.कले जानकारी दिए ।

बर्खा याममा हावापानीको दर चैत,बैशाख,जेठ महिनामा आगोको दर पीडित भएर बस्नु पर्ने बाध्यता राजपुर गाउँपालिका वडा नम्बर- ७ स्थिति न्याउपाने गाउँ टोलका मानिसहरु परिवर्तन चाहाने आशा र भरोसा गर्दा गर्दै जिन्दगी नै सकियो स्थानीय बासीहरुको गुनासो रहेको पाएको छ । प्राय जसो नाका क्षेत्रमा पानीको सिचाइ कम रहेको हुँदा धेरै जसो नाकामा बसोबास गर्ने मानिसहरुको जग्गा जमिन जङ्गलले चारैतिरबाट घेराबन्दी बनाएको पाइन्छ । अनेन्त्र जिल्ला र ठाउँ भन्दा दाङ जिल्लाको देउखुरी नाका क्षेत्रका मानिसहरुले धेरै जसोले त खानेपानी,बाटो,विद्युत,फोन सेवा,स्वास्थ्य,शिक्षा लगायत अन्य कुराबाट नाका बासी धेरै भन्दा धेरै पीडित र बन्चित रहेका छन् ।

  • सम्बन्धित पोस्टहरू

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर, ११ माघ । दाङको दंगीशरण गाउँपालिकाबाट दर्जन बढि जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रमकाबीच उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई…

    थप पढ्नुहोस्

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    दाङ, १३ पुस ।दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सवमा’ दिनप्रतिदिन रौनकता थपिदै गएको छ । महोत्सव अवलोकनका दैनिक हजारौँको संख्यामा सहभागी हुने गरेको छ । ‘स्थानीय वस्तुको प्रवद्र्धन गरौँ, औद्योगिक…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने