मिड वेस्ट प्वाइन्ट एकाडेमी शान्तीनगर दाङमा दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दाङ काे शान्तिनगर-७ खैरेनी स्थित मिड वेस्ट पोइन्ट एकेडेमीमा दशैं विशेष मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। दशैं विशेष मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमकाे अवसरमा कक्षा नर्सरी देखि १० सम्म अध्ययनरत छात्र-छात्राहरु लाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबोध कुमार डाँगी , प्रधानाध्यापक वीर बहादुर घर्ती र विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरूले टिका र जमारा लगाएर दशैं र तिहारको शुभकामना दिनुभएको थियो।

दशैं विशेष मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमकाे सुबोध कुमार डाँगीले नेपालीहरूको कला, संस्कृति, परम्परा र रीतिरिवाज बारेमा विद्यार्थीलाई स्पष्ट पारेका थिए। त्यस्तै विद्यालयको प्रधानाध्यापक वीरबहादुर घर्तीले आजभोलि चाडबाडमा भएको विकृति विसंगति बारे सचेत गराउँदै विद्यार्थीहरूलाई स्पष्ट पारेका थिए। हामीले हाम्रा चाडबाडहरू आफ्नै नेपाली शैली र परम्परा अनुसार मनाउनुपर्ने कुरामा जोड दिएका थिए।

दशैं मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा विद्यार्थीहरूलाई हाम्रो चाडबाड कसरी मनाउने ? नेपाली संस्कृति र परम्पराको महत्वबारे विद्यार्थीहरूमा राम्रो सन्देश दिएको कुरा शिक्षक दीपक ओली र शिक्षिका सुनिता डागीले बताएका छन्।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान