
काठमाडौँ, २७ कात्तिक । आईसीसी १९ वर्षमूनीको महिला टी-२० विश्वकप एशिया छनोटमानेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्सस्टेडियममा खेल नेपाली समयअनुसार आज बिहानसवा ११ बजे शुरु हुनेछ । यसअघि अस्ति आइतवारभएको खेलमा नेपालले थाइल्यान्डलाई एक सय ६रनले पराजित गरेको थियो भने पहिलो खेलमा ६७रनले हराएको थियो ।
अर्को खेलमा कुवेतलाई एक सय आठ रनलेहराएको थियो । नेपालले अन्तिम खेल भोलि बुधवारयूएईसँग खेल्नेछ । यसअघि नेपाल युएईसँग १३रनले पराजित भएको थियो । प्रतियोगितामा नेपाल सहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्षस्थानमा आउने टोली आईसीसी १९ वर्ष मूनीकोमहिला टी-२० विश्वकपका लागि छनोट हुनेछ ।।