
रिता केसी
तुलसीपुर , ७ मंसिर । इलाका प्रहरी कार्यालय तुलसीपुरले रू एकलाख एघार हजार सात सय दस नगत सहित ८ जनालाइ पक्राउ गरेकाे छ ।
गाेप्य सुचनाकाे अाधारमा गएकाे प्रहरी टाेलिले रू एकलाख एघार हजार सात सय दस नगत सहित ८ जनालाइ नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी तथा प्रहरी निरिक्षक प्रकाश थापाले जानकारि दिनुभयाे ।
पक्राउ पर्नेमा दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका ६ वस्ने ५९ वर्षका चेतलाल बुढाथाेकि , साेहि ठाउँ वस्ने ४० वर्षका जिवराज डागि , तुलसीपुर १२ वस्ने ५६ वर्षका तिलक केसी , साेहि ठाउका ४३वर्षिय फिरू चाैधरि ,तुलसीपुर १० वस्ने ४४ वर्षिय किरण प्रसाद बम , साेहि ठाउका सुदन वलि , तिलकराम चाैधरि र कर्ण चाैधरि रहेका छन् ।