एआईजी टेक राईद्वारा ईप्रका सिसहनिया दाङको नव-निर्मित प्रहरी भवनको उद्घाटन


सागर थापा
दाङ । ईलाका प्रहरी कार्यालयको अत्याधुनिक सुविधासम्पन्न नवनिर्मित भवनकाे उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले  लुम्बिनी प्रदेशको राजधानी क्षेत्र भएको स्थान र यहाँको सुरक्षा चुनौतीलाई विश्लेषण गरेर ईलाका प्रहरी कार्यालयको स्थापना गरिएको बताए । उनले निकट भविस्यमा डिएसपीको नेतृत्व हुनेगरी अहिले प्रहरी निरिक्षकलाई खटाउने विश्वास दिलाए ।

प्रहरी अतिरिक्त महानिरीक्षक राईले सडक दुर्घटना, लागुऔषध दुर्वेसन, यौनजन्य क्रियाकलाप, आत्महत्या जस्ता समस्यालाई निराकरण गर्न प्रहरीले आफ्नो भूमिकालाई प्राथमिकतामा राखेको बताए । उनले प्रहरी सेवाको प्रभावकारिता बढाउन राम्रो भौतिक संरचना आवश्यक रहेको धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक राईले प्रहरी सेवाको प्रभावकारिता बढाउन राम्रो भौतिक संरचना आवश्यक रहेको बताए । उनले प्रहरी संगठनको सशक्तीकरण र जनसुरक्षाका लागि सरकारले निरन्तर योगदान दिइरहेको उल्लेख गरे ।

नयाँ भवन नेपाल सरकारको नियमित बजेटबाट निर्माण गरिएको हो । कार्यालय, ब्यारेक, संचार शाखा तथा प्रहरी प्रमुखको निवास रहेको यो भवन चार करोड ४८ लाख २५ हजार रुपैयाँको लागतमा तयार गरिएको छ । सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार ठेक्का सम्झौता भएको निर्माण कम्पनीले २०७९ मंसिर १३ गतेदेखि निर्माण कार्य सुरु गरी २०८१ साउन २७ गते सम्पन्न गरेको हो ।

कार्यालयभित्र प्रहरीका लागि आवश्यक सबै संरचनाहरू छन् । भवनको तल्लो भागमा

कार्यालयका लागि सात कोठा छन् । पहिलो तलामा प्रहरी कर्मचारीका लागि ब्यारेक बनाइएको छ, जसमा महिला प्रहरीका लागि छुट्टै शौचालय र स्नानगृहको व्यवस्था गरिएको छ। माथिल्लो तलामा प्रहरी प्रमुखको निवास, संचार शाखा तथा अन्य आवश्यक कोठाहरू छन्। साथै, छुट्टै भान्सा घर र शौचालयको निर्माण गरिएको छ ।

भवन उद्धाटन समारोहमा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष कृष्णप्रसाद लम्साल र नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा ईलाका प्रहरी कार्यालयलाई जग्गा उपलब्ध गराउने जग्गादाताहरु र निर्माण व्यवसायलाई सम्मान समेत गरिएको थियो ।

उद्धाटन कार्यक्रममा प्रहरी अधिकृत, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका पदाधिकारी, पत्रकार तथा स्थानीयको कार्यक्रममा उपस्थिति थियो । प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले धन्यवाद ज्ञापन गरेकाे कार्यक्रमको सञ्चालन ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक अम्मर माझीले गरेका थिए ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत