त्रिदेव सेकेन्डरी ईङ्लिस बाेर्डिङ स्कुलकाे २९ औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न ।

तुलसीपुर , फागुन ३ ।

तुलसीपुर वडा नं ७ श्रीगैंमा अवस्थित त्रिदेव सेकेन्डरी ईङ्लिस बाेर्डिङ स्कुलकाे २९ आै बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । उक्त बार्षिक उत्सव कार्यक्रममा त्रिदेव सेकेन्डरी ईङ्लिस बाेर्डिङ स्कुलका प्र.अ मनाेज हमालकाे अध्यक्षयतामा भएको थियाे । त्यस्तै बिशिस्ट अतिथिकाे रूपमा प्याबसन लुम्बिनी प्रदेश सदस्य बासुदेव रिजाल रहनुभएको थियाे । त्यसैगरी अतिथिकाे रूपमा सेर सदस्य एवम् पूर्व प्र अ कमल श्रेष्ठ , जेष्ठ नागरिक तथा अभिभावक गुमान सिङ खत्रि अतिथिकाे रूपमा रहनु भएको थियाे । त्यस्तै उल्लेख्य सहभागीतामा बिद्यार्थी अभिभावक अन्य बुद्धिजीवीहरूकाे बाख्लाे सहभागीता रहेको थियाे ।

कार्यक्रममा विभिन्न किसिमका बिज्ञान सम्बन्धि बिज्ञान प्रदर्शनीहरू बिद्यार्थीभाइबहिनीले प्रस्तुत गर्नुभएको थियाे । बिद्यालयकाे वार्षिक तालिका अनुसार अतिरिक्त क्रियाकलाप सञ्चालन भएको थियाे जसमा सहभागी भई प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने बिद्यार्थीहरूलाइ टीका प्रमाण पत्र र मेडल पुरस्कार वितरण गरिएकाे हाे । वार्षिक उत्सव कार्यक्रममा बिद्यार्थीहरूले नृत्य गित जस्ता रमाइला पक्षहरू देखाएर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।

वा ‍र्षिक उत्सव कार्यक्रम साेहि कार्यक्रमका बिशिस्ट अतिथि प्याबसन लुम्बिनी प्रदेश सदस्य तथा मेरि गाेल्डका प्र अ बासुदेव रिजालले स्वागत मन्तव्य मा बाेल्दै भन्नुभयो बालबालिकालाई माया भराेसा हाैसला र प्रेरणा दिनुहाेस जीवनमा बालबालिकाले सलफता हासिल गर्ने छन। बिद्यार्थीकाे पहिलो पाठसाला घर हाे त्यसैले संस्कार व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने अभिभावककाे महत्त्वपूर्ण जिम्मेवारी रहन्छ भन्ने गहकिला बिचार राख्नुभएको थियाे ।

सहायक प्र अ पदमा शर्माकाे स्वागत मन्तव्य बाट सुरूवात भएको कार्यक्रम , कार्यक्रमका अध्यक्ष तथा त्रिदेव बिद्यालयका प्र अ मनाेज हमालले उक्त कार्यक्रम समापन गर्नुभएको हाे विद्यार्थीहरु भविष्यका गहना भएको भन्दै किताबी ज्ञान सँगसँगै जिवनउपयोगी शिक्षामा जोड दिनुपर्ने बताउनुभएको थियाे । भने कार्यक्रमकाे सञ्चालन यसै बिद्यालयका शिक्षक सन्दिप वलीले गर्नुभएको हाे ।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।