
बिजौरी,माघ २६ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा तुलसीपुर उपमहानगरपालिका वडा १९ स्थित बिजौरीमा रहेको १३ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन शनिबारका दिन सम्पन्न भएको थियोे ।
यस नेपाल रेडक्रस सोसाइटी उपशाखा बिजौरीको अधिवेशनले बालकृष्ण रेग्मीलाई पुनः सभापतिमा चयन गरेको थियो । भने रेग्मीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको थियोे ।
उपशाखाको उपसभापतिमा मेनका शर्मा न्यौपाने, सचिवमा मुकेश वली, कोषाध्यक्षमा सागर रेग्मी, उपसचिवमा गोविन्द पार्दे,उपकोषाध्यक्षमा बिदुर गौतम लगाएत चयन हुनु भएको थियोे ।
त्यस्तै गरेर महिला सदस्यमा मनकुमारी महत, र खुल्ला सदस्यहरूमा अर्जुन कुमार रेग्मी,पदम बहादुर वली क्षेत्री, पशुपति भट्टराई र कपिलमणी लामीछाने लगाएत चयन हुनु भएको थियोे ।
बिजौरी उपशाखा सभापति बालकृष्ण रेग्मीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख खड्काले सामाजिक सेवा विस्तार र मानवीय सहयोगमा रेडक्रसको भूमिका महत्वपूर्ण रहेको उहाले बताउनु भएको थियोे ।
भने त्यस्तै गरेर तुलसीपुर उपमहानगरपालिका वडा-१८ का अध्यक्ष माधब वलीले पनि यस नेपाल रेडक्रस सोसाइटी उपशाखा लाई कुनै पनि कुराको आवश्यकता नपर्ने गरि अगाडी बदाउन सकिने उहाँले जानकारी दिनु भएको थियोे ।
त्यस्तै कार्यक्रममा सचिव मुकेश वलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।
उनले विगतका वर्षमा शाखाले गरेका सामाजिक सेवाका गतिविधिहरू, विपद् व्यवस्थापन, रक्तदान कार्यक्रम लगायतका गतिविधिहरूको विवरण प्रस्तुत गर्नु भएको थियोे ।
त्यस्तै कोषाध्यक्ष सागर रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक अवस्थाका साथै आय–व्यय विवरण प्रस्तुत गर्नु भएको थियोे ।
त्यस्तै गरेर कार्यक्रम संचालन भने नेपाल रेडक्रस सोसाइटी उपशाखा बिजौरी का सचीव मुकेश वलीले गर्नु भएको थियोे । भने कार्यक्रम समापन भने नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका उपसभापति बालकृष्ण रेग्मीले गर्नु भएको थियोे ।
