बाँके जिल्ला ट्राफिक प्रहरीले ६ महिनामा १ करोड ६३ लाखभन्दा बढी राजश्व संकलन तथा दुर्घटनामा कमि ।

बाँके, फागुन ७ ।

बाँके जिल्ला ट्राफिक प्रहरीले ६ महिनामा १ करोड ६३ लाखभन्दा बढी राजश्व संकलन दुर्घटनामा कमि । जिल्ला ट्राफिक कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८१÷८२ मा सात महिनाको अवधीमा १ करोड ६३ लाखभन्दा बढी रकम राजश्व संकलन गरेको छ । कार्यालयले विभिन्न सवारीबाट जम्मा १ करोड ६३ लाख ९६ हजार ५ सय रकम कारवाही राजश्व संकलन गरेको हो ।जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरिक्षक पुस्कर पन्तका अनुसार सवारी कारवाही र अन्य विविध कारवाही अन्तर्गत उक्त रकम संकलन गरिएको हो । गत श्रावण महिनामा मात्रै जिल्ला ट्राफिक कार्यालयाद्वारा ट्रक, बस, जिप कार, ट्याक्टर, मोटर साइकल र टेम्पोबाट गरि २१ लाख ४६ हजार रकम राजश्व संकलन भएको छ । यस्तै भदौ महिनामा १८ लाख ८३ हजार, असोज महिनामा २४ लाख चार हजार ५ सय, कार्तिक महिनामा २४ लाख ३१ हजार, मंसिर महिनामा २५ लाख १२ हजार, पुष महिनामा २४ लाख ७५ हजार र माघ महिनामा २५ लाख ४५ हजार रकम राजश्व संकलन गरिएको ट्राफिक प्रमुख पन्तले जानकारी दिनुभयो । गत सात महिनामा १९ हजार ८ सय ६७ सवारी कारवाही गरिएको छ ।जिल्ला ट्राफिक कार्यालय बाँकेले जनचेतनामूलक कार्यक्रमहरु पनि गर्दै आईरहेको छ । दुर्घटना न्युनीकरण गर्न १२ सय ५ पटक कार्यक्रमहरु संचालन गरिएको थियो । सोबाट हालसम्म करिब ५३ हजार बढि नागरिक तथा सवारी चालकलाई ट्राफिक नियम सम्बन्धि जानकारी गराएको पनि उहाँले जानकारी दिनुभयो । साथै उहाँले दुर्घटना न्यूनिकरणको लागि जिल्लाभित्र बिभिन्न ४३ भन्दा बढी स्थानहरुमा सचेतना बोर्डहरु लगाँउदै आएको बताउनुभयो ।यस्तै चालु आर्थिक वर्षको माघ महिनासम्म १ सय ९२ वटा सवारी दुर्घटनाभएका छन् । सवारी दुर्घटनाबाट ४७ जनाको मृत्यु भएकोे छ भने ५७ जना गम्भिर घाईते र २ सय ५३ जना सामान्य घाईते भएका छन् । सोही अवधीमा १५ छाडा चौपायाको मृत्यु भएको छ भने ६ वटा चौपाया घाईते भएका छन् । उक्त दुर्घटनामा दुई सय ९१ सवारीको संलग्नता रहेको छ ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान