बाँके जिल्ला ट्राफिक प्रहरीले ६ महिनामा १ करोड ६३ लाखभन्दा बढी राजश्व संकलन तथा दुर्घटनामा कमि ।

बाँके, फागुन ७ ।

बाँके जिल्ला ट्राफिक प्रहरीले ६ महिनामा १ करोड ६३ लाखभन्दा बढी राजश्व संकलन दुर्घटनामा कमि । जिल्ला ट्राफिक कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८१÷८२ मा सात महिनाको अवधीमा १ करोड ६३ लाखभन्दा बढी रकम राजश्व संकलन गरेको छ । कार्यालयले विभिन्न सवारीबाट जम्मा १ करोड ६३ लाख ९६ हजार ५ सय रकम कारवाही राजश्व संकलन गरेको हो ।जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरिक्षक पुस्कर पन्तका अनुसार सवारी कारवाही र अन्य विविध कारवाही अन्तर्गत उक्त रकम संकलन गरिएको हो । गत श्रावण महिनामा मात्रै जिल्ला ट्राफिक कार्यालयाद्वारा ट्रक, बस, जिप कार, ट्याक्टर, मोटर साइकल र टेम्पोबाट गरि २१ लाख ४६ हजार रकम राजश्व संकलन भएको छ । यस्तै भदौ महिनामा १८ लाख ८३ हजार, असोज महिनामा २४ लाख चार हजार ५ सय, कार्तिक महिनामा २४ लाख ३१ हजार, मंसिर महिनामा २५ लाख १२ हजार, पुष महिनामा २४ लाख ७५ हजार र माघ महिनामा २५ लाख ४५ हजार रकम राजश्व संकलन गरिएको ट्राफिक प्रमुख पन्तले जानकारी दिनुभयो । गत सात महिनामा १९ हजार ८ सय ६७ सवारी कारवाही गरिएको छ ।जिल्ला ट्राफिक कार्यालय बाँकेले जनचेतनामूलक कार्यक्रमहरु पनि गर्दै आईरहेको छ । दुर्घटना न्युनीकरण गर्न १२ सय ५ पटक कार्यक्रमहरु संचालन गरिएको थियो । सोबाट हालसम्म करिब ५३ हजार बढि नागरिक तथा सवारी चालकलाई ट्राफिक नियम सम्बन्धि जानकारी गराएको पनि उहाँले जानकारी दिनुभयो । साथै उहाँले दुर्घटना न्यूनिकरणको लागि जिल्लाभित्र बिभिन्न ४३ भन्दा बढी स्थानहरुमा सचेतना बोर्डहरु लगाँउदै आएको बताउनुभयो ।यस्तै चालु आर्थिक वर्षको माघ महिनासम्म १ सय ९२ वटा सवारी दुर्घटनाभएका छन् । सवारी दुर्घटनाबाट ४७ जनाको मृत्यु भएकोे छ भने ५७ जना गम्भिर घाईते र २ सय ५३ जना सामान्य घाईते भएका छन् । सोही अवधीमा १५ छाडा चौपायाको मृत्यु भएको छ भने ६ वटा चौपाया घाईते भएका छन् । उक्त दुर्घटनामा दुई सय ९१ सवारीको संलग्नता रहेको छ ।

  • सम्बन्धित पोस्टहरू

    तुलसीपुरमा मापसेपछि मोटरसाइकल दुर्घटना, एक गम्भीर घाइते ।

    तुलसीपुर ३१, बैशाख । तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी खाद्रे सडकखण्डको बोगटीमा मंगलबार राति एक मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। तुलसीपुरबाट खाद्रे जाँदै गरेको प्रदेश ३–०२–००८ प ३०३४ नम्बरको…

    थप पढ्नुहोस्

    घोराहीमा दुई जनाबाट लागुऔषध बरामद, अनुसन्धान जारी …

    दाङ, २९ वैशाख घोराही उपमहानगरपालिका क्षेत्रबाट प्रहरीले दुई फरक घटनामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पहिलो घटना घोराही-१४, मिलनचोकमा भएको हो। संकास्पद अवस्थामा हिँडिरहेका २३ वर्षीय विशाल बुढा मगरलाई…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 6 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 84 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 206 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 124 views
    आजकाे राशिफल ।