
तुलसीपुर ६ फागुन । रासस काे ६४ औ वार्षिकाेत्सव अाज सम्पन्न भएकाे छ । राष्टिय समाचार समितिले विकासमुलक पत्रकारितामा रासस काे भुमिका विषयमा अन्तरकृर्यात्मक कार्यक्रम गरेकाे हाे ।
रासस तुलसीपुर शाखाका प्रमुख नारायनि रजाैरेकाे अध्यक्षतामा तथा नगर प्रमुख टिकाराम खड्काकाे प्रमुख अातिथ्यतामा र जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालकाे विशिष्ट अातिथ्यतामा तुलसीपुरमा रहेकाे वि एस एस पार्टिप्यालेसमा कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर नगर प्रमुख टिकाराम खड्काले खाेजमुलक र अाधिकारिक समाचारमा मिडियाले भुमिका खेल्नुपर्ने बताउनुभयाे ।
त्यस्तै अध्यक्ष नारायनि रजाैरेले राससले पछिल्लाे समयमा रासस ले भिडियाे पत्रकारिताका साथै विगत देखि निष्पक्ष पत्रकारितामा जाेड दिदै अायकाे बताउनुभयाे ।
त्यस्तै विशिष्ट अतिथि कृष्ण प्रसाद लम्सालले पत्रकारिता जगतले अाम समाजमा ससक्त रूपले भुमिका खेल्नुपर्ने बताउनुभयाे ।
त्यस्तै नेपालिकाङ्ग्रेस तुलसीपुरका सभापति सुरेश हमालले पत्रकारिता क्षेत्रमा मात्र सिमित हुदा अार्थिक रूपमा बलियाे हुन नसकिने हुदा अन्य बिकल्प अपनाउनुपर्ने बताउनुभयाे , उहाले मिडियालाइ अार्थिक रूपमा समेत मजबुद बनाउनुपर्नेमा स्थानिय सरकारलाइ ध्यानाकर्षण गराउनुभयाे ।
त्यसै नेपाल पत्रकार दाङ शाखाका अध्यक्ष सन्ताेष सुवेदिले सकारात्मक परिवर्तनमा मिडियाले कलम चलाउनु पर्ने र मिडियामा राज्यले सहजिकरण गर्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा रिपाेर्ट क्लब दाङका अध्यक्ष शरद रेग्मी , नेकपा मावबादि केन्द्र तुलसीपुरका नगर अध्यक्ष माेहन थापा , तुलसीपुर खानेपानि तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारि लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
रासस तुलसीपुरका प्रमुख नारायणि रजाैरेकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण लाइभ दाङका प्रमुख दिपक बाेहराले गर्नुभएकाे थियाे ।

