सधैँ रुवाउने बद्री पंगेनीले तुलसीपुर महोत्सवमा नचाए दर्शकहरुलाई….

तुलसीपुर , १३ फागुन ।

तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी भएकाले दिनप्रतिदिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिले महोत्सवको रौनकता बढ्दै गएको छ ।

महोत्सवको आज १३ औँ दिन पनि चर्चित लोक गायक बद्री पंगेनीको प्रस्तुतीले दर्शकहरु रमाएका छन् । पंगेनीको प्रस्तुतीले महोत्सवमा दर्शकको रुवावासी चल्थ्यो । तर आज उहाँको प्रस्तुतीमा दर्शकहरु छमछमती नाचेका छन् ।

‘बद्री पंगेनी भनेपछि महोत्सवमा उहाँको प्रस्तुति भावुक खालका हुन्थे, तर आज उहाँले नचाउनुभएको छ ।’ महोत्सव सहभागी दर्शक खेमलाल भण्डारीले भन्नुभयो–‘आज उहाँको प्रस्तुतिमा मज्जाले रमाउने अवसर मिल्यो ।’गायक पंगेनीले ‘चप्पल छिनियो, ‘कान्छी हे कान्छी’ जस्ता गितमा प्रस्तुति दिनुभएको थियो । आज महोत्सवमा गायक पंगेनीसहित गायिका एन्जिला रेग्मी, प्रिति गुरुङ, गिता सेन्चुरी, गायक प्रकाशप्रिय कुसुम्या लगायतका कलाकारको प्रस्तुति रहेको थियो ।

‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार–शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायन संगै उत्कृष्ट नृत्य समेत प्रस्तुत गरिएको सांस्कृतिक संयोजक संन्तोष खड्काले जानकारी दिनुभयो ।

महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ । महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवद्र्धन गर्न आग्रह गर्नुभएको छ ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत