पश्चिम म्याग्दीमा दुई पटक भूकम्पको धक्का ।

म्याग्दी, फागुन १४ ।

 पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडा गाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देवस्थानमा बिहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका रविन्द रिमालले जानकारी दिनुभयो । 

चार रेक्टरस्कल भन्दा तलको भूकम्पको धक्का महसुस भए पनि आत्तिनुपर्ने अवस्था नहुने तर सतर्कता आवश्यकता रहेको रिमालको भनाई छ । यो पराकम्प नभई छुट्टै भूकम्प हो ।

बिहान सुतिरहेको अवस्थामा दुई पटक धक्का महसुस भएको धवलागिरि गाउँपालिका–७ ताकमका गोपाल आचार्यले बताउनुभयो । भूकम्पको धक्का महसुस मालिका गाउँपालिका र धवलागिरि गाउँपालिकाका विभिन्न बस्तीमा भएको छ। जमिन हल्लिएपछि सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए । 

पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुई दशक यता ४ देखि ५ रेक्टर स्केलका भूकम्पको २० पटकभन्दा बढी धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ । म्याग्दीको धौलागिरि हिमालको फेद हुँदै एउटा भूकम्पको फल्ट रहेकाले पश्चिम म्याग्दीमा साना धक्का महसुस भइरहेको छ । 

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान