सधैँ रुवाउने बद्री पंगेनीले तुलसीपुर महोत्सवमा नचाए दर्शकहरुलाई….

तुलसीपुर , १३ फागुन ।

तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी भएकाले दिनप्रतिदिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिले महोत्सवको रौनकता बढ्दै गएको छ ।

महोत्सवको आज १३ औँ दिन पनि चर्चित लोक गायक बद्री पंगेनीको प्रस्तुतीले दर्शकहरु रमाएका छन् । पंगेनीको प्रस्तुतीले महोत्सवमा दर्शकको रुवावासी चल्थ्यो । तर आज उहाँको प्रस्तुतीमा दर्शकहरु छमछमती नाचेका छन् ।

‘बद्री पंगेनी भनेपछि महोत्सवमा उहाँको प्रस्तुति भावुक खालका हुन्थे, तर आज उहाँले नचाउनुभएको छ ।’ महोत्सव सहभागी दर्शक खेमलाल भण्डारीले भन्नुभयो–‘आज उहाँको प्रस्तुतिमा मज्जाले रमाउने अवसर मिल्यो ।’गायक पंगेनीले ‘चप्पल छिनियो, ‘कान्छी हे कान्छी’ जस्ता गितमा प्रस्तुति दिनुभएको थियो । आज महोत्सवमा गायक पंगेनीसहित गायिका एन्जिला रेग्मी, प्रिति गुरुङ, गिता सेन्चुरी, गायक प्रकाशप्रिय कुसुम्या लगायतका कलाकारको प्रस्तुति रहेको थियो ।

‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार–शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायन संगै उत्कृष्ट नृत्य समेत प्रस्तुत गरिएको सांस्कृतिक संयोजक संन्तोष खड्काले जानकारी दिनुभयो ।

महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ । महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवद्र्धन गर्न आग्रह गर्नुभएको छ ।

  • सम्बन्धित पोस्टहरू

    उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

    तुलसीपुर, ४ असार दाङको तुलसिपुर –१२ हरिपौरा स्थित सडकखण्डमा हिजाे साँझ एक मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्। अमेलिया बाट तुलसिपुरतर्फ आउँदै गरेको रा ८ प…

    थप पढ्नुहोस्

    बेलुवा दाङमा साईकल दुर्घटना, बालक घाइते

    तुलसीपुर ,०३ असार । दाङकाे तुलसीपुर –८ बेलुवा अश्वार ओरालोमा साईकलबाट लड्दा एक बालक घाइते भएका छन्। गत असार ०२ गते साँझ करिब ६ बजे दंगिशरण गाउँपालिका–५ का १२ वर्षीय…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

    उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

    बेलुवा दाङमा साईकल दुर्घटना, बालक घाइते

    बेलुवा दाङमा साईकल दुर्घटना, बालक घाइते

    🛑 तुलसिपुरमा ट्याक्टर ठक्कर: ७ वर्षे बालक घाइते, चालक पक्राउ ।

    🛑 तुलसिपुरमा ट्याक्टर ठक्कर: ७ वर्षे बालक घाइते, चालक पक्राउ ।

    पर्सेनी दाङमा गोठमा भीषण आगलागी, लाखौंको क्षति ।

    पर्सेनी दाङमा गोठमा भीषण आगलागी, लाखौंको क्षति ।

    ग्वारखोलामा सडक भासिँदा टिप्पर पल्टियो, एक घाइते ।

    ग्वारखोलामा सडक भासिँदा टिप्पर पल्टियो, एक घाइते ।

    आजकाे राशिफलमा तपाईंको भाग्य ।

    आजकाे राशिफलमा तपाईंको भाग्य ।