तपाईंको भाग्य सँगै आजको राशिफल हेर्नुहोस् ।

मेष :- आटेका कार्यहरु पूर्ण हुनेछन् ।आजको दिन रमाइलो भेटघाट र स्वादिष्ट भोजनको योग छ। विगतको श्रमको सफलताले थप काम गर्न उत्साह मिल्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। समग्रमा दिन शुभ रहनेछ।

वृष :-दिन मध्ययम फलदायि रहेको छ।अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ।

मिथुन :- बिभिन्न आम्दानी बढ्नाले उत्साह जाग्नेछ। काम कार्यहरु अगाडि वढ्नेछन् ।पेसा–व्यवसायमा विशेष लाभ हुनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेत गर्दा सजिलै लक्ष्यप्राप्ति हुनेछ। साझेदारीबाट लाभ मिल्नेछ।

कर्कट :-रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। कसैलाई पूर्ण विश्वास नगर्नु होला । सामानहरुको जतन गर्नु होला ।

सिंह :-लगनशिलताको आवश्यकता रहनेछ ।काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ।

कन्या :-सामाजीक कार्यमा मन जानेछ ।चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ।

तुला :-स्वास्थ्य राम्रो रहनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। उपभोग्य भौतिक वस्तु किनमेल गर्ने समय छ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

वृश्चिक :-धैर्यताले काम गरे सफलता मिल्नेछ ।आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ।

धनु :-सुखद समाचारले उत्साह जगाउनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। आफन्त जनसंग सामान्य कुरामा मनमुटाव वढ्न सक्छ । थप जिम्वेवारी बहन गर्नु पर्नेछ।

मकर :-बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मान प्रतिष्ठा वढ्नेछ ।प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ।

कुम्भ :-मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। तपाईको विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्। स्वास्थ्यलाई लिएर भने सजग रहनुपर्ला ।

मीन :-व्यवसायवाट मनग्य लाभ प्राप्त हुनेछ ।चिताएका कार्यमा पूर्ण सफलता मिल्ला । पारिवारीक साथले जटिल कार्य पनि सम्पादन हुनेछन् ।हिम्मत बढ्नेछ ।मन प्रसन्न होला ।

ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा ।सचिव :-नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तलसीपूर दाङ ।
फोन नं :- ९८४८०६०७९९

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत